हरिवन,माघ-२६, इलाका प्रहरी कार्यालय हरिवनले विभिन्न मितिमा चाेरी भएको माेटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ।
इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बुधवार (आज) बिहान जिल्लमा क्रियाशील पत्रकारहरूकाे माझ अन्तरक्रिया गरि बरामद गरिएको ६ वटा मोटरसाइकल सम्वन्धित धनीलाई जिम्मा लगाएका हुन ।
जिम्मा लगाईएकाे माेटरसाइकलहरूमा बा ९० प १०६३ प्रदेश ३–०२–००१ प २१८८, बागमती प्रदेश ३–०३–००१ प ४०२०, ना ५७ प ३८४०, बागमती प्रदेश ०२–०२७ प २६२९, र प्रदेश ३–०२–०२ प ४८८६ नम्बरका रहेका छन् ।प्रहरी निरिक्षक गिरिका अनुसार उक्त माेटरसाइलहरू चाेरिमा संलग्न व्यक्तिहरूले नक्कली नम्वर प्लेट हालेर चलाएका थिए ।
विभिन्न समयमा चेकजाँच गर्ने क्रममा कागजात लिएर आउँछु भनी गएका चालकहरूले सम्पर्क नआएपछि अनुसन्धानका क्रममा उक्त मोटरसाइकलहरू चाेरीकाे रहेको पाइएको प्रहरी निरिक्षक गिरिले जानकारी दिए ।
बरामद गरिएको मोटरसाइकलमध्ये तीनवटा २२० र तीनवटा २०० सीसीको बजाज कम्पनिको पल्सर मोटरसाइकल रहेकाे छ ।यश अघि पनि इलाका प्रहरी कार्यालय लालबन्दी र हरिवनले यस्ता चाेरीका माेटरसाइकलहरू बरामद गरि सम्बन्धित धनीलाई बुझाउदै आएको छ । चाेरी भएको माेटरसाइकल बिरलै फेला पर्ने सर्लाहीमा प्रहरीको सकृयता बढेसंगै यहाँका नागरिकले राहत महसुस गरेका छन् ।