हरिवन ,माघ – २६,नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम मंगलवारबाट सुरु गरेको छ ।


१० दिने तालिममा मधेस प्रदेशका आठै जिल्लाका गरि २० जना सहभागी रहेका प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताए ।


चेतना सन्देश नेपालको सह आयोजनामा हरिवन-५ स्थित द्वन्द्व पीडित बाल गृहमा प्रशिक्षण भैइरहेको छ ।
तालिमको प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती एवम् बेची लुङेलीले ढोलक र मादल बजाएर उदघाटन गरेका थिए । उदघाटन समारोहमा राष्ट्रिय नाच घरका पुर्ब अध्यक्ष राजेश थापा, सास्कृतिककर्मी चन्द्रलाल क्याप्छाकि, चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामा, सामाजिक ब्यक्तित्व चूडामणि वाग्ले, कलाकर्मी तेज नारायण आले लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा मादल, ढोलक लगायत परम्परागत लोकबाजाको प्रशिक्षण दिईने प्रशिक्षक भरत बुढाथोकीले जानकारी दिए । तालिमले रुचि भएका कलापारखीको कलालाई व्यवसायिक बनाउन सहयोग पुग्ने आयोजकले बताएको छ ।