मलंगवा, माघ-२५,सर्लाही प्रहरीले जिल्लाकाे ब्रहम्पुरी गाउँपालिका – ४ बाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको समान साेमवार (हिजो ) नियन्त्रणमा लिएको छ ।

भारतबाट भन्सार छली नेपाल तर्फ लुकाई छिपाई ल्याउदै गरेको ट्रेडमिल (जिम हलमा दैडने मेसिन ) नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
सामान ल्याउने मानिस चेक जाँच गर्ने क्रममा प्रहरी टोलीलाई देखेपछि उक्त समान छोडेर भागेको प्रहरीले जनाएको छ ।
अन्दाजी ८०, हजार मूल्य बराबरको उक्त मेसिन नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकृत प्रनाउ माधब प्रसाद बुढाथोकी जानकारी दिए ।