काठमाण्डाैं,माघ-२४, सरकारले स्थानीय तह निर्वाचनकाे मिति घाेषणा गरेको छ ।
सोमबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हाे ।
यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो । आयोगका अनुसार तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी कानूनमा खासै परिमार्जन गर्नुपर्ने छैन् ।
संविधान र कानूनका विषयलाई लिएर राजनीतिक दलबीच स्थानीय तहको निर्वाचनका सन्दर्भमा फरक बुझाइ भएका कारण निर्वाचनको मिति घोषणामा केहाेला भन्ने आम चासोकाे बिसय बनेको थियोे ।