प्रतिबन्धित लागूऔषधसहित महानगरीय प्रहरी काठमाण्डाैंले
रौतहटका एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ९ घर भएका २१ वर्षीय संजय कुमार महतो रहेका छन्।
काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीका अनुसार रौतहटको गौरबाट ना.७ ख ४७४९ नम्बरको बसमा काठमाडौं पुगेका महतोलाई शनिवार नागढुंगा चेक प्वाइन्टबाट नियन्त्रणमा लिएको हाे ।
महतोको साथबाट ६ सय एम्पुल डाइजेपाम, ६ सय एम्पुल फेनारगन र ६ सय एम्पुल नुर्फिन बरामद गरिएको उनले बताए।
पक्राउ परेका महताेमाथि लागूऔषध ओसारपसार बारे आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरीले जनाएको छ।