सर्लाही,माघ-२२, माघ तेस्रो साता भएको वेमौसमी वर्षाका कारण सर्लाहीका इँट्टा व्यवसायीले करोडौं मूल्य बराबरको नाेक्सानी बेहोर्न बाध्य भएका छन् ।
इँट्टा व्यवसायी संघ सर्लाहीका सचिव भगवान मैनालीका अनुसार वेमौसमी वर्षाका कारण पकाउने तयारीमा रहेको करिब १० करोड मूल्य बराबरको इँटा नष्ट भएको छ ।
भारतबाट आयात गरिने काेईलाकाे मूल्यमा भएको वृद्धिले प्रत्येक्ष मारमा परेका व्यवसायी वेमौसमी वर्षाका कारण झनै उठ्नै नसक्ने अवस्था पुगेका सचिव मैनालीले चियाेचर्चाे खबरसंग बताए ।
बैंकसंग ऋण लिएर सञ्चालनमा रहेका कतिपय इँट्टा व्यवसायी अहिले भएको वेमौसमी वर्षाका कारण चुर्लुम्म डुबेको इँट्टा व्यवसायी बताउछन् ।
सचिव मैनालीका अनुसार एउटा काचो इँट्टा पकाउने अवस्थासम्म आइपुग्दा करिब ३ रूपैयाँ ५० पैसा खर्च हुने गर्दछ । अहिले जिल्लामा ९० काे संख्यामा इँट्टा उद्योग सञ्चालनमा रहेको र प्रायः उद्योगमा १० लाख संख्यामा काचो इँट्टामा क्षति पुगेको हुनसक्ने मैनाली बताउँछन् ।
राज्यले क्षतिपूर्तिकाे व्यवस्था अथवा सहुलियत ऋणको प्रवन्ध गर्न नसके इँट्टा व्यवसायी उठ्नै नसक्ने अवस्था पुग्ने र यसले समग्र निर्माण क्षेत्रनै प्रभावित हुने व्यवसायी बताउँछन् ।