लालबन्दी,माघ -२१,नेपाली कांग्रेस लालबन्दी -५, का क्षेत्रीय प्रतिनिधि एवम् नगर बिकाश काेषका पूर्व अध्यक्ष ध्रुव रिजाल नेपाली कांग्रेस मधेस प्रदेश कार्य समिति सदस्यमा मनाेनित भएका छन् ।


युवा नेता रिजालाई आज ( शुक्रवार ) कांग्रेस मधेश प्रदेश सभापति यादवले मनाेनयन पत्र प्रदान गरेका हुन् ।
प्रदेश कार्य समितिमा हाल ७२ जना निर्वाचित भएर आएका छन् । नेपाली कांग्रेसकाे विधानमा निर्वाचित सभापतिले ३३ प्रतिशत महिला सहभागीतासहित २० प्रतिशत प्रदेश कार्यसमितिमा थप गर्न पाउने व्यवस्था अनुसार आफुले युवा नेता रिजाललाई मनाेनयन गरेकाे मधेस प्रदेश सभापति कृष्ण यादवले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
उनलेे विभिन्न माध्यमबाट पार्टीमा याेगदान गरेका व्यक्तिलाई आफुले पक्षपात नगरी मनाेनयन गर्दै जाने बताए ।
सभापति यादवले प्रदेश कार्य समिति भर्खरै निर्वाचित भएर आएको र कार्यालय व्यवस्थापनकाे काम भईरहेकाले बाकी सदस्यकाे मनाेनयन बिस्तारै हुदै जाने बताए ।
अजै मनाेनयन पत्र बुझेका युवा नेता रिजालले राजनीतिकाे माध्यमबाट समाजसेवा गर्ने आफ्नो उद्देश प्राप्तिमा यसले थप मद्दत पुर्‍याकाे बताए ।
उनलेे मधेस प्रदेश सभापति यादवलाई धन्यवाद ज्ञापन गर्दै, प्रदेश कार्य समिति सदस्यकाे हैसियतले पार्टीको सुदृढीकरण र बिकाशमा आफ्नो सकारात्मक सुझाव सहयोग रहने बताए ।
आव हुने स्थानीय तहको चुनावमा प्रदेशमा पार्टीलाई अधिक स्थानीय तहमा जिताउन आफ्नो पहल र प्रयास रहने नेता रिजालले बताए ।