हरिपुर,माघ-२०,सर्लाहीको हरिपुरमा प्रारम्भिक बाल विकास स्याहार कार्यक्रम अन्तर्गत बाल विकास केन्द्रका शिक्षकलाई १६ दिने आधारभुत तालिम सञ्चालन भईरहेको छ ।

बालबालिकाहरुको समृद्धि र समुन्नतिको लागि काम गर्ने उद्देश्यले सेभ द चिल्ड्रेनको साझेदारीमा ग्रामीण नारी उत्थान संघ र हरिपुर नगरपालिकाको समन्वयमा तालिम सञ्चालन भईरहेकाे आयाेजकले जनाएको छ ।
हरिपुर नगरपालिका वडा नं -२,प्रेम लता होटलमा माघ १३ गतेबाट सञ्चालन भएको तालिम माघ २८ सम्म चल्ने आयोजक संस्थाले जनाएको छ।
तालिममा हरिपुर नगरपालिकाका १५ वटै सामुदायिक विद्यालयवाट १/१ जना जना शिक्षकहरु आधारभुत तालिममा सहभागी गरनईने सझेदार संस्था ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।
आधारभुत तालिमको उदेश्य प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्व वारे जानकारी गराउने, पाठ्यक्रम २०७७ अनुशार बाल बालिकाको आधारभुत सिप र विकासात्मक सिपहरुको बारेमा जानकारी गराई सो अनुरुप कक्षा सञ्चालन गर्नेछन , स्थानिय स्तरमा पाइने सामाग्रीहरुबाट विषयगत सामाग्री निर्माण गर्न सक्षम बनाउने रहेको छ ।
तालिमबाट दैनिक कार्य तालिका अनुशार शिक्षण क्रियाकलाप गर्न सक्षम हुनेछन, बाल विकास केन्द्रमा मापदण्ड अनुसार सिकाई क्षेत्र व्यवस्थापन गर्न सक्षम हुनेछन ,बाल विकास केन्द्रको निरन्तरताका लागी सरोकारवालाको भुमिका बारे स्पष्ट हुने आयाेजकले जनाएको छ ।
आधारभुत तालिममा शिक्षकहरुले प्रारभिक बाल विकास, बाल विकासको महत्व र पक्षहरु, बाल विशेषता, किन प्रारम्भिक बाल विकासमा लगानी, बाल अधिकार स्वास्थ्य सुरक्षा र पोषण र सरसफाई, बाल बालिकाहरु कसरि सिक्छन, बाल विकास केन्द्रको परिचय महत्व, बाल विकास शिक्षमा हुनुपर्ने गुण तथा सिपहरु, प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम २०७७ बारमा छलफल , प्रारम्भिक साक्षरता र गणितका सिपहरु, प्रारम्भिक बाल विकास सिकाई मापदण्ड र बाल विकास केन्द्रको न्युनतम मापदण्डका बारे सैद्धान्तिक ज्ञान प्राप्त गरे र व्यवहारिक पक्षमा सर्वाङगिन विकासका लागी सामाग्री निर्माण तथा अभ्यास, कक्षामा प्रयोग गरिने दैनिक कार्य तालिकाको अभ्यास सो अनुशारको सामाग्री निर्माण जस्तै पुतलि, पपेट, कपडाको बल,फित्ता, आकार बलहरु, विषय वस्तुहरु अनुशारका सामाग्री निर्माण गराउन सिकेका छन् ।
तालिमका प्रशिक्षिका अनिता शर्मा र दुर्गा शिवाकोटीका अनुशार बाल विकास केन्द्रमा कक्षा कसरि सञ्चालन गर्ने कति घण्टा गर्ने, के सामाग्रीको प्रयोग गर्ने भन्ने बारेमा तालिमा सिकाएको छ ।
विशेषगरि २०७७ को पाठ्रयक्रम अनुशार आधारभुत सिप र विष्यगत सिपमा रहेको विषयहरुलाई लिएर सो अनुशार विषय वस्तु तयार गरि कक्षा सञ्चालन गर्न यो तालिमले धेरै सहयोग पुर्याउने छ ।
आधारभुत तालिम हरेक पालिकामा रहेका बाल विकास केन्द्रका शिक्षकहरुलाई दिन अति आवश्यक देखिन्छ ।
बाल विकास केन्द्रका शिक्षकहरुमा तालिममा सहभागी हुन पाउंदा मनोरञ्जनात्मक तरिकावाट बाल बालिकालाई सिकाउन सकिन्छ र विषय वस्तु अनुशार खेल सामाग्री पनि बनाई बाल बालिकालाई सिकाउन सकिन्छ भन्ने जानकारी भएको बताउँछन् ।
तालिमको ग्रामीण नारी उत्थान संघका अध्यक्ष गोमा देवी न्यौपानेको अध्यक्षता,हरिपुर नगरपालिकाका शिक्षा शाखाका शिक्षा अधिकृत नागेश्वर रायको प्रमुख आतिथ्यता हरिपुर नगरपालिकाका शिक्षक महासंघका अध्यक्ष सुरेश कुमार मिश्र लगाएको उपस्थितिमा माघ १६ गते उद्घाटन गरिएको थियोे ।
उद्घाटन कार्यक्रममा ग्रामीण नारी उत्थान संघका सचिव सुर्य चालिसेले स्वागत मन्तव्य राखेका थिए । चालिसले बालबालिकाको सर्वाङगीन विकासका लागी बाल विकास केन्द्रको महत्वपुर्ण भुमिका रहेको बताउदै, उमेर पुगेका बालबालिकाको पहुंच बाल विकास केन्द्रमा हुनु पर्ने बताए । संस्थाका उपाध्यक्ष विष्णु चालिसले बाल विकास समवन्धि आधारभुत तालिम दिई शिक्षकहरुको बाल विकास केन्द्रका बाल बालिकाहरुसंग बसि शैक्षीक सिप ज्ञान क्षमता अभिवृद्धि हुने अवसर सृजना गरि कोभीड संक्रमणका कारण विद्यालय बन्द भई घर बसिरहेका शिक्षकहरूकाे क्षमता विकास गर्ने अवसर सृजना गरेकाे बताए ।
तालिमले सामुदायिक विद्यालयका बाल विकास केन्द्रका शिक्षकहरुको बाल विकास केन्द्र कसरि सञ्चालन गर्ने, बाल बालिकाको मनोविज्ञान बुझी कसरि उनीहरुको सर्वपक्षिय विकास गर्ने, योजना कसरि बनाउने, मुल्यांकन कसरि गर्ने, मनोरञ्जनात्मक विधि कसरि अपनाउने , वाक शक्ति कसरि आकर्षण बनाउने आदी जस्ता शिक्षकमा नभई नहुने सिप र क्षमताको विकास हुनेछ र तालिम पश्चात् बाल विकास केन्द्रहरुमा सकारात्मक परिवर्तन र बाल केन्द्रित हुने बताए ।
त्यस्तै तालिमका प्रमुुख अतिथी शिक्षा शाखा अधिकृत नागेशवर रायले तालिम राख्नु भन्दा पहिले सबै बाल विकास केन्द्रका शिक्षकको स्वास्थ्य अवस्था बुझी, सबैमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको र सहभागी संख्या पनि १५ जना मात्र भएकोले तालिम सञ्चालन गरिएको बताए । उनलेे शिक्षकहरुको समयलाई सिकाई अवसरका लिईएको बताए । उद्घाटन कार्यक्रमकाे समापन गर्दै ,संस्थाका अध्यक्ष गोमा देवी न्याैपानेले तालिमका सहभागीले अनुुशानमा रहि तालिममा सक्रिय रुपमा सहभागी भई सिकेका सिपहरु बाल विकास केन्द्रमा कार्यान्वयन गरि बाल विकास केन्द्र नमुना बनाउनु हुनेछ विस्वास ब्यक्त गरिन ।
१६ दिन सम्म चल्ने तालिमको ग्रामीण नारी उत्थान संघ, सेभ द चिल्डे्र्रन र हरिपुर नगरपालिकाले अनुगमन गरिरहेको आयाेजक संस्थाले जनाएको छ ।