ईश्वरपुर,माघ -१६, पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीकाे ईश्वरपुर नपा-१२ बाँके जंगलमा शनिवार राति बस र माेटरसाईकल एकआपसमा ठाेक्किदा माेटरसाईकलमा सवार १ जनाकाे मृत्यु भएकाे छ ।


बसकाे ठक्करबाट मृत्यु हुनेमा मोटरसाईकल पछाडि सवार ईश्वरपुर नपा-१२, घारिबथान निवासी ब बेनि बहादुर खड्काको छोरा २७ वर्षीय भक्त बहादुर खड्का रहेका छन् । उनकाे घटनास्थलमै मृत्यु भएकाे  प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट साेही स्थानका माेटरसाईकल चालक गौरव खड्काको छोरा २६ वर्षीय अरुण खड्का गम्भीर घाईते भएका छन् । अरुणको दाहिने खुट्टा घुडा देखि मुनि पुरै काटिएको छ । उनकाे गढिमाई अस्पताल लालबन्दीमा प्राथमिक उपचार पछि  थप उपचारको लागि नेश्नल मेडिकल कलेज वीरगंज पठाईएको प्रहरीले जनाएको छ ।
माेटरसाईकललाई ठक्कर दिने  रात्रिबस राजमार्गकाे बाँया साईडमा पल्टिएकाे  छ । दुर्घटनामा बसमा यात्रारत १२ यात्रु घाईते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सिरहाकाे बरियारपट्टीबाट काठमाडाैं तर्फ आउँदै गरेको ना. ७ ख ७५३ नम्बरकाे रात्रिबसले बिपरित दिशाबाट जादै गरेको ना. २९ प ४४९८ नम्बरको मोटरसाईकललाई शनिबार राती ९ बजे र ५ मिनेटमा ठक्कर दिएकाे   हाे ।
बस पल्टिँदा त्यसमा सबार ४० जना मध्ये १२ जना यात्रु घाईते भएका छन् ।
उनिहरूकाे  लालबन्दी मोडेल अस्पतालमा उपचार पश्चात् ७ जना आ-आफ्नो घरतर्फ फर्किसकेको र बाँकी ४ जना घाईते हरुकाे उपचार भईरहेको तथा १ जना थप उपचारको लागी सिरहा तर्फै रिफर भएकाे प्रहरीले जनाएकाे छ ।
मृतककाे शव पाेष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पठाईएकाे छ । बसका चालक फरार रहेकाे र दुर्घटना सम्बन्धि सुक्ष्म ढंगले अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिए ।