लालबन्दी,माघ -१५,आफ्नो श्रीमतीको जन्मदिनमा समाजसेवी युवा नेता मनोज आचार्यले ईश्वरपुर -७,का क्यान्सरपीडित युवालाई आर्थिक सहयोग गरेका छन्।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधिसमेत रहेका युवा नेता आचार्यले ईश्वरपुर-७ कलटोलका क्यान्सर पीडित चेत नारायण चौधरीलाई २५ हजार आर्थिक सहयोग गरेका हुन। आज माघ -१५ गते आचार्य पत्नी सुनिता श्रेष्ठको ४३ औ जन्मदिन हाे । जन्मदिनको अवसरमा युवा नेता आचार्य र पत्नी सुनिता क्यान्सर पीडित चाैधरीलाई सहयोग गर्न उनलेे उपचार गराई रहेकाे काठमाण्डाै हरिसिद्धि स्थित क्यान्सर हस्पिटल पुगेका थिए ।
क्यान्सरपीडित चाैधरीकाे उपचारमा सहयोग गरेका आचार्यले अरूलाई पनि उनकाे उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन्
सर्लाहीकाे ईश्वरपुर -३, स्थायी घर भएका आचार्यले काेराेना महाव्याधिकाे समयदेखि सर्लाहीमा विभिन्न समाजसेवाकाे कार्यमा सक्रियता देखाई रहेका छन् ।
आचार्यले पछिल्लो समय , असहायका लागि घर निर्माण, प्रहरीकाे गाेली लागि मृत्यु भएका परिवारलाई आर्थिक सहयोग,आन्दोलनका क्रममा गाेली लागि घाइते युवालाई आर्थिक सहयोग, विपन्न विद्यार्थीलाई अध्ययनमा छात्रवृत्ति लगायत समाजसेवाका विभिन्न क्रियाकलाप गर्दै आइरहेका छन् ।