सिराहा,माघ -१४,सिरहाको नेपाल भारत सीमावर्ती क्षेत्र नवराजपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले ४ लाख मुल्य बराबरको भन्सार छली ल्याएको समानसहित एक युवक पक्राउ गरेको छ ।


सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका अनुसार पक्राउ पर्नेमा नवराजपुर ३ जगतपुरका श्रीराम यादव रहेका छन् ।
सशस्त्र प्रहरीले यादवलाई भन्सार छलेर ल्याएको अन्दाजी मुल्य ४ लाख बराबरको बच्चाले लगाउने कपडासहित नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद समान आवश्यक कारबाहीका लागि इनर्वा ठाडी भन्सारमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।