हरिवन,माघ-१४, पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिव -९ सुखेपाेखरीमा राेकिराखेकाे ट्याक्टरकाे टेलरमा रात्रीबस ठाेक्किदा २५ जना यात्रु घाईते भएका छन् ।
घाइते हुने मध्य बुटवल उपमहानगरपालिका-७ का २२ वर्षीय बिशाल परियार, २१ वर्षीया सुमिफा परियार, २८ वर्षीया झर्ना परियार रुपन्देही जिल्ला श्रीकटन गापा-१२ निबासी २५ वर्षीया कृतिका चौधरी, रुपन्देही कन्चन गापा-१ निबासी २६ वर्षीय बसका सहचालक दिपेन्द्र मलाहको वयाेधा अस्पताल वीरगन्जमा उपचार भईरहेकाे छ । त्यस्तै चितवन खैरहनी नपा-७ निवासी ३६ वर्षीय पसुराम फुयाल, बुटवल नपा-१० निवासी ४३ वर्षीय भुपराज चापागाईकाे भरतपुरमा उपचार भईरहेकाे सर्लाही प्रहरी प्रवक्ता प्रनाउ माधव प्रसाद बुढाथाेकीले जानकारी दिए ।
अन्य सामान्य घाईतेहरुकाे हरिवन बजार स्थित स्वाभिमान अस्पताल र सुखेपाेखरी स्थित जीवन हेल्थ केयरमा उपचार भईरहेकाे छ ।
सामान्य घाईते हुने अन्यमा बुटवल उपमहानगरपालिका-८ निवासी ५२ वर्षीय टोप बहादुर गुरुङ, बुटवल उपमहानगरपालिका-१२ निवासी२४ वर्षीय शिव भुषाल र उनकी पत्नी २१ वर्षीया सविता भुषाल, बुटवल-१३ निवासी ३१ वर्षीया निशा पौडेल, मोरङकाे सोनबर्षा नपा-५ निवासी ४५ वर्षीय विरेन्द्र मण्डल र ३७ वर्षीय शंकर सरदार, विराटनगर महानगरपालिका-६ निवासी ४७ वर्षीय जय प्रकाश साह, सप्तरी खट्क नपा-८ निवासी ४२ वर्षीय तुलसी प्रसाद चौधरी र उनकी पत्नी ३८ वर्षीया ललिता कुमारी चौधरी ,सप्तरीकै रामनगर कोदारकट्टी बलानदेवल नपा-५ निवासी २० वर्षीय सत्यनारायण यादव, सुनसरीकाे ईनर्वा नपा-६ निवासी ४६ वर्षीय हरि प्रसाद पोखरेल, स्याङजाकाे काली गण्डकी गापा-५ निवासी २६ वर्षीय त्रिभुवन न्यौपाने, जनकपुर नगरपालिका-१२ निवासी २९ वर्षीय चन्द्रकान्त यादव, रौतहटकाे गरुडा नपा-१ निवासी ३० वर्षीय सुभास गुप्ता, सिरहाकाे सखुवा गापा-१ निवासी ६१ वर्षीय किसुनदेव यादव, ३६ वर्षीय राजकुमार यादव र ३७ वर्षीया शितल कुमारी यादव, रुपन्देही रोहनी गापा-१ निवासी ३० वर्षीय ईम्तियाज खान रहेका छन् ।
पश्चिम भैरहवाबाट पुर्व विराटनगर जाँदै गरेको लु. २ ख ४७५७ नम्बरको रात्रीबस शुक्रवार बिहान ४ बजे बिग्रियर सडकमै रहेको ज. २ त ७८१ नम्बरको उखु लोड गरेको ट्याक्टरकाे टेलरमा ठोक्किएकाे थियो ।
बसमा ३९ जना यात्रु यात्रारत थिए । जसमध्ये २५ जना यात्रु घाईते भएकाे प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिए ।
चालक निदाएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनाका सम्बन्धमा अनुसन्धान भईरहेकाे र उपचार पछि चालक ईलाका प्रहरी कार्यालय हरिवनकाे नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।