लालबन्दी,माघ -१२, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं चडेकाे गाडीमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आक्रमण गरि तोडफोड गरेका छन् ।


आक्रमणबाट मेयर प्रसाईं सामान्य घाइते भएका छन् । मेयर प्रसाईंको कन्चटमा चाेट लागेको बताएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न मेयर गणेश प्रसाईं र उपमेयर रेणुका पौडेल जनकपुरधाम पुगेका थिए ।
जनमत पार्टीका कार्यकर्ताहरुले बुधवार बिहानैदेखि जनकपुर–४ लगायतका स्थानमा प्रदर्शन गर्दै आएका छन् । त्यहाँ उनीहरूकाे आक्रमणबाट मेयर सवार गाडीको सिसा फुटेको छ ।