मलंगवा,मघ—१०,नेकपा एकीकृत समाजवादीले सोमवार(आज) सर्लाहीको सदरमुकाम मलंगवामा आफ्नो जिल्ला कार्यालय उद्घाटन गरेको छ । कोभिड सचेतता अपनाउदै सानो कार्यक्रम गरि जिल्ला पार्टी कार्यालय उदघाटन गरिएको पार्टी प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिए ।
पार्टीका केन्द्रिय उपाध्यक्ष एवम् मधेस प्रदेश इन्चार्ज धर्मनाथ साहले रिवन काटेर कार्यालय उद्घाटन गरेका हुन । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि साहले स्थानीय चुनाब आगामी बैशाखमा गर्न नेपालको संविधानले नै बाटो बन्द गरेको दाबी गरे । उनले संविधानमा स्थानीय जनप्रतिनिधिको पाच बर्षिय कार्यकाल पूरा भएको छ महिना भित्र चुनाब गराउने प्राबधान रहेको उल्लेख गरे ।
जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय नेताहरु रबिन्द्र बैठा, डिल्ली उप्रेती एवम् बेची लुङेली, जिल्ला उपाध्यक्ष देबेन्द्र राय, सचिब गोबिन्द अधिकारी, मलंगवा नगर अध्यक्ष राजाराम साहले मन्तब्य राखेका थिए ।
मलंगवाको शिवसागर चोकमा सञ्चालनमा आएको कार्यालय अब नियमित रुपमा खुल्ला रहने प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेको बताए । नेकपा एकीकृत समाजबादीको जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।