ब्ल्याङकेट वितरण गर्दै, नेपाल पिछडावर्ग किसान संघ र नेपालका लागि नेपाली पार्टीका पदाधिकारीहरु । (तस्बिर :कृष्ण थपलिया)

लालबन्दी,माघ—१०,नेपालका लागि नेपाली पार्टीले सर्लाहीको रानीगञ्जमा नेपाल पिछडावर्ग किसान संघ मधेश प्रदेशलाई ५ सय थान ब्ल्याङकेट हस्तान्तरण तथा वितरण गरेको छ ।


उक्त पार्टीका उपाध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि नागरिक आन्दोनका संयोजक अन्तराष्ट्रिय कानुनविद डा. सुरेन्द्र भण्डारीले पिछडावर्ग किसान संघ मधेश प्रदेशका अध्यक्ष सुरेश यादवलाई सोमवार (आज) एक कार्यक्रमका बीच ५ सय थान ब्ल्याङकेट हस्तान्तरण गरेका हुन ।
अध्यक्ष यादवले नेपाली पार्टीद्वारा प्राप्त ब्ल्याङकेट मध्य १५० थान सर्लाहीको रानीगञ्ज,रन्जितपुर,ईश्वरपुर–५ नरेशखोर ईश्वरपुरकै वडा नं.—९ को रामनगरका जाडोबाट प्रभावित बिपन्न नागरिकलाई प्रदान गरिएको बताए ।


ललाबन्दी—१७ रानीगञ्जमा भएको कार्यक्रममा नेपालका लागि नेपाली पार्टीका उपाध्यक्ष डा. सुरेन्द्र भण्डारीले अहिले सम्म यो मुलुकमा परिवर्तन आउन नसकेको तर्क गरे । उनले मुलुकमा केहि ठुलावडाको लागि मात्र परिवर्त आएको तर्क गर्दै ३० वर्ष सम्म सत्तामा पुग्ने भ्रष्टाचर गर्ने र आफ्नो लागि कामाउने काम भएको बताए । उनले अहिले पनि यहाँका नागरिकलाई कसरी जाडोमा बच्ने भन्ने समस्या रहेको बताए ।
उनले अहिले सम्म नेपालमा एउटालाई सत्ताबाट फ्यालेर अर्कोलाई ल्याउने काम मात्र भएकाले व्यवस्थाले नागरिको अवस्थामा परिर्वतन ल्याउन नसको बताए । आफुहरु नागरिको जीवनमा परिवर्तन आउनुपर्छ भन्ने पक्षमा रहेको बताए । उनले नेपालमै केहि गर्छु भन्ने प्रत्यक युवाले २ प्रतिशत ब्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सृजना गर्न, निशुल्क स्वास्थ्य सेवा उपलभ्द गराउन,किसानको समस्या समाधान गर्न दवाव सिर्जना गर्न आफुहरुले फागुन १७ गतेबाट आन्दोलन सुरु गर्न लागेको बताए ।
कार्यक्रमा उक्त पार्टीका महामन्त्री जयन्द्रबीर सिंह बस्नेत,केन्द्रीय महासचिव नवराज थपलिया, पिछडावर्ग किसान संघका पूर्व अध्यक्ष पर्शुनारायण चौधरी लगाएका वक्ताहरुले मन्तव्य राखेका थिए ।
नेपालका लागि नेपाली पार्टीद्वारा प्राप्त भई बाँकी रहेको ब्ल्याङकेट धनुषा,महोत्तरी,रौतहट र बारा जिल्लामा भोलि(मंगलवार) त्याहाँका नेपाल पिछडावर्ग किसान संघले वितरण गर्ने कार्यक्रम रहेको नेपाल पिछडावर्ग किसान संघ मधेश प्रदेशका सचिव तिर्थ थपलियाले जानकारी दिए ।