लालबन्दी, माघ – ८,सर्लाहीको हरिवनबाट शनिबार राति गाँजासहित एक दम्पती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वाग्मती नगरपालिका-१२ का ३८ वर्षीय रुद्रबहादुर अधिकारी र उनकी श्रीमती ३० वर्षीया ऋचा अधिकारी रहेका छन् ।
उनिहरूलाई हरिवन नगरपालिका-८ पुरानो बजारस्थित भित्री सडकमा ईलाका प्रहरी कार्यालयय हरिवनबाट नियमित गस्तीमा खटिएकाे मोबाइल टोलीले शंकाकाे आधारमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा ऋचाको हातमा रहेको झोलाबाट ५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।उनिहरूलाई बा ६८ प ४९७२ नम्बरको मोटरसाइकलमा कालो प्लास्टिकको झोलाभित्र गाँजा बोकी पश्चिमबाट पूर्वतर्फ आईरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका अधिकारी दम्पतीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।