लालबन्दी,माघ-८,समाजसेवी ध्रुव रिजालले लालबन्दीका १०० भन्दा बढी विपन्न परिवारलाई कम्मल प्रदान गरेका छन् ।
रिजालले आईतवार (आज)नेपाली कांग्रेस लालबन्दी -५ मार्फत आफ्नै गाउँ रन्जितपुर र मेजरगञ्जका विपन्न नागरिकलाई कम्मल प्रदान गरेका हुन् ।
नेपाली कांग्रेस लालबन्दी-५ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका युवा नेता रिजालले आफ्नो कुनै राजनीतिक उद्देश्य नभएपनि सितलहरबाट प्रताडित नागरिकलाई थोरै भएपनि राहत मिलोस भन्ने उद्देश्यले कम्मल वितरण गरिएको बताए ।
युवा नेता रिजालले अव आफ्नो उद्देश्य भनेको समाजसेवा रहेको चियोचर्चो खबरसंग बताए । उनले अब चाडैंनै एक गैरसरकारी संस्था मार्फत सामाजिक गतिविधिमा सक्रियता जनाउने बताए ।
समाजसेवाको यो अभियान गृह गाउँबाट सुरु भएपनि आउदा दिनमा नगरका सम्पूर्ण वडा हुदै अघि बढ्ने आफ्नो लक्षरहेको उनको भनाइ छ ।
यश अघि नेपाल सरकारद्वारा नगर बिकास कोषको अध्यक्ष तथा विभिन्न समयमा विभिन्न संस्थाको कार्यकारी पद सम्हाली सकेका रिजालले ती संस्थामा रहदा पनि आफुले समाजको हित हुने काम गरेको बताए ।
आफू पछिल्लो पटक नगर बिकास कोषको अध्यक्ष रहदा लाललबन्दी लगाएत देशका विभिन्न स्थानमा स्वच्छ पिउने पानीको लागि सहयोग पुर्याएको बताउदै आफ्नो मूलभूत उद्देश्य समाजसेवानै रहेने उनको भनाइ छ ।
समाजसेवी नेता रिजालबाट प्राप्त कम्मल नेपाली कांग्रेस लालबन्दी -५ का सभापति मिनप्रसाद ढुंगेल,उपसभापति ज्ञानबहादुर कटुवालरखिलनाथ भण्डारी युवा नेता नारायण गुर्मछाने सचिव सुदिप न्यौपाने,सह-सचिव प्रल्हाद बखरेल,क्षेत्रीय प्रतिनिधिहरू कमल चौधरी,हरि धमला,यादव दाहाल,प्रमोद थपलिया,सीता माझी, चित्र कोश्वार ,तिर्थ गजमेर विष्णु पोखरेल लगायतका नेता कार्यकर्ताको उपस्थितिमा वितरण गरिएको थियोे । कार्यक्रमकाे सहजिकरण शिक्षक नवराज सुवेदीले गरेका थिए । जाडोमा आफुहरूले न्यानो कम्मल प्राप्त गरेको भन्दै स्थानीय हर्षित भएका छन् ।