लालबन्दी,माघ—७, नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादवले सर्लाहीका वर्तमान उपसभापति सुरेन्द्र प्रसाद सिंहले सभापतिमा जित्ने ठोकुवा गर्दै, सिंहले सवैलाई साथमा लिएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।


अधिवेशनमा सस्थापन पक्ष (आफ्नो) समुहका उमेदवार जिताउने जिम्मेवारी जिल्ला सभापति नागेन्द्र कुरार रायकै रहेको उनले बताए ।
उनले बिभिन्न कारणले टिमबाट बाहिर गएका साथिहरुसँग छलफल गरि साथमा लएर अघि बढ्न आग्रह गरे ।
बर्तमान जिल्ला कार्यसमितिका सचिव एवम् नेपाली काँग्रेस मधेश प्रदेशका सचेतकसमेत रहेका प्रदेश सांसद उपेन्द्र कुशवाहा कांग्रेस सर्लाही क्षेत्र नं.३ का नेता हरेस प्रसाद महतोले पनि नेता सुरेन्द्र प्रसाद सिंहलाईनै समर्थन गर्ने सभापति यादवको विश्वास छ ।
सभापति यादवले नेता उपेन्द्र कुशवाहा र हरेस महतो पट्टि ईङगित गर्दै भने,“सस्थापन पक्षमै सवैको भविष्य छ,”टिम भन्दा बाहिर नजानुस, ।

नेपाली काँग्रेस १४ औ जिल्ला अधिवेशन अन्तर्गत शुक्रवार आज सर्लाही जिल्ला सभापति पदको उमेद्वार घोषणा कार्यक्रममा बोल्दै सभापति यादवले यस्तो बताएका हुन ।
फरक प्रसंगमा बाेल्दै सभापति यादवले मधेशको समस्या नेपाली कांग्रेसले मात्र समाधान गर्न सक्ने बताएका छन् ।
नेपाली कांग्रेस देशकै लिडर पार्टी भएकाले कांग्रेसलेनै मधेशको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।
समृद्ध नेपाल बनाउन कांग्रेसले जित्नु पर्ने तर्क गरे उनले ,समृद्ध नेपाल बनाउन प्राकृति श्रोत साधनको समुचित प्रयोग गर्नुपर्ने बताए ।
वैशाखमा हुने चुनावमा स्थानीय तह मात्र नभई तीनै तहमा कांग्रेसले जित्ने विश्वास ब्यक्त गर्दै, जुनसुकै टिमबाट जो लडेपनि जित्ने नेपाली कांग्रेसको सभापति हुने भएकाले चुनावमा टिकटका लागि बिभेद गर्न नहुने र नगरिने बताए । यसपटक चुनावमा जनभावनाको कदर हुने उनले बताए ।
कार्यक्रममा सभापति नागेन्द्र कुमार यादवले उपेन्द्र कुश्वाह आफुसंगै ४ कार्यकाल सचिव रहेर काम गरेको र योग्यता र क्षमता भए पनि सुरेन्द्र प्रसाद सिंह बर्तमान उपसभापति भएकाले वरीयता क्रमको आधारमा आफुहरुले सभापतिको उमेद्वारकोरुपमा अघिसारेको बताए । उनले आजको सभाले सभापतिको उमेद्वारमात्र घोषणा गरेको र अधिवेशनको ५ दिन अघि अन्य पदाधिकारीहरूको नामावली घोषणा गरिने बताए । उनले विभिन्न कारणले टिमबाट बाहिरेका नेता कार्यकर्ताहरूलाई टिममा समेट्ने बताउदै आफ्नो टिमले ५ सय भन्दा बढि मतले बिजय हासिल गर्ने दाबी गरे ।
कांग्रेस पूर्व केन्द्रीय सदस्य जंगिलाल रायले आफ्नु समुहका उमेदवारलाई दिलबाटै, मनबाटै समर्थन रहेको बताए । उनले भोट भन्नेकुरा आत्मालाई जितेर लिने भएकाले सवैलाई समेटेर अघि बढ्नु पर्ने तर्कगरे । उनले जातपातको भेदभाव नराखी अघि बढ्न चारवटै क्षेत्रका नेता कार्यकर्तालाई आग्रह गरे । सस्थापन पक्षकै अर्का नेता पुर्व मन्त्री शम्भुलाल श्रेष्ठले ईतर पक्ष भन्दा राम्रो मतकासाथ आफ्नो समुह विजयीहुने ठोकुवा गरे ।
कार्यक्रममा सभापतिका उमेद्वार सुरेन्द्र प्रसाद सिंहले जुन संकल्प लिएर आफुलाई अघि बढाईएको हो ,त्यसलाई आफुले पुरा गर्ने र आम नेता कार्यकर्तालाई निराश हुन नदिने बताए । उनले स्थानीय तहको चुनावमा डबल र संघिय चुनावमा ४ वटै क्षेत्रमा पार्टीलाई जिताउने शंकल्प गरे ।
कांग्रेस नेता एवम् पुर्व क्याम्पस प्रमुख कृष्णदेव यादवले अहिलेको टिमललाई आफ्नो समर्थन रहने र बिजय शिखर चुम्ने विस्वास व्यक्त गरे । कार्यक्रमा विष्णु गाउँपालिका अध्यक्ष जबाहार राय, मलंगवा नगरपालिकाका मेयर निरसल साह लगाएत बक्ताहरुले शेरबहादुर देउवा विचार समुहलाई आफुहरुको समर्थन रहेको बताउदै सभापतिमा अघिसारेका उमेद्वार सुरेन्द्र प्रसाद सिंहको जित सुनिश्चित रहेको दाबी गरे ।
लालबन्दी ९ मा रहेको आर्या ईन हाेटलमा भएको कार्यक्रमकाे महाधिवेशन प्रतिनिधि प्रमाेद बरालले सहजिकरण गरेका थिए।
औपचारीक घोषणा नगरिए पनि सर्लाहीमा सस्थापन ईतर पक्षबाट यस अघिनै पूर्व सभापतिसमेत रहेका लक्ष्मण रायको नाम अघि सारिएको छ ।