धनुषा, माघ -६,धनुषामा एक २५ वर्षीया युवतीकाे हत्या भएको छ ।


धनुषाका प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक रायका अनुसार जिल्लाकाे धनुषा नगरपालिका वडा नम्बर ६ मालटोलकाे आँप बगैँचामा अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको हाे ।
मृत्युको टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । युवतीको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवतीको बलात्कार पछि हत्या गरेको हुन सक्ने प्रहरीकाे अनुमान छ ।