महाेत्तरी,माघ-५,लागूऔषध नाइट्राभेट-१०सहित महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बर्दिवास–सम्सी सडक खण्डअन्तर्गत औरही नगरपालिका-४ कठुधारबाट काभ्रे र सिरहाका युवकलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टका अनुसार पक्राउ पर्नेमा बा.४६प ६२७३ नम्बरको मोटरसाइकलमा सवार काभ्रेको मण्डनदेउपुर नगरपालिका-६ बस्ने २५ वर्षीय सरोज विक र सिरहाको गोलबजार नगरपालिका-४ बस्ने २३ वर्षीय आकाश ठाकुर रहेका छन् ।
उनीहरूलाई मोटरसाइकलको लेगार्डमा कालो प्लाष्टिकको झोलामा झुण्डयाएर भारतबाट ल्याइएको २ हजार ९ सय ८२ थान नाइट्राभेट–१० प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ परेका उनीहरूलाई माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।