लालबन्दी ,माघ – ४, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन सडक खण्डमा मंगलबार दिउँसो यात्रुबस पल्टिँदा घाइते हुनेकाे संख्या १६ रहेको ईलाका प्रहरी कार्यालय हरिवने जनाएको छ ।
घाइते हुनेहरूमा सर्लाहीकै बढी छन्,। घाइते मध्ये लालबन्दी- ९ का सुदिप खड्काकी श्रीमती बर्ष ३७ की सुधा खड्का निजकै छोरा अं. बर्ष ४ को कृष खड्का त्यस्तै लालबन्दी-९ का टेक बहादुर खड्काको छोरा बर्ष ३७ को सुदिप खड्का लालबन्दी -११ का रामचन्द्र ठाकुरकी श्रीमती बर्ष ६० की सिलादेबी ठाकुर रहेका छन् ।उनिहरूकाे अवस्था मध्यम रहेकाे छ ।
त्यस्तै बाग्मती -१० बस्ने मोहन आचार्यकी छोरी बर्ष १३ की अस्मिता आचार्य ( निधारमा चोट ) अवस्था सामान्य
हरिपुर – ५ बस्ने बिष्णु चौधरीकी श्रीमती बर्ष ४८ की ठगनीदेवी चौधरी (छातीमा चोट ) अवस्था मध्यम हरिपुर – ८ का श्यामलाल चौधरीकी श्रीमती बर्ष ७० की असिया देवी चौधरी दाईने हातमा चोट लागेको र अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । त्यस्तै हरिपुर -२ चिताईन बस्ने बर्ष ६५ को रामपुजन कुमर ,निजकै श्रीमती बर्ष ६५ की रमनी कुमर रहेका छन् ।
त्यस्तै दुर्घटना सुनसरी भन्टाबारी -९ का भोला महतोको छोरा अं. बर्ष ४० को अरुण महताे, महोत्तरी बर्दिबास -२ बुद्धचोक का राजकुमार सेन्चुरीकी श्रीमती अं. बर्ष ३६ की बिमला सेन्चुरी जिल्ला रौतहट चन्द्रपुर न.पा. ८ बस्ने सिताराम रामकी श्रीमती बर्ष २५ की निल कुमारी राम रौतहटकै गुजरा न.पा.३ बस्ने बर्ष २४ को सयफुरलाई देवन रौतहट राजपुर न.पा. २ बस्ने रामचन्द्र राउतको छोरा बर्ष ४० को राजदेब भगत रहेका छन् । त्यस्तै महोत्तरी बर्दिबास न.पा-.११ बस्ने उज्वल गौतमकी छोरी बर्ष १९ की पुष्पा गौतम रहेका छन् ।दुर्घटनामा घाईतेहरुको हरिवन स्थित नमूना अस्पताल तथा अन्य स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ।मंगलबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नी यातायात बस दिउँसो पौने ३ बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो । बस पूर्व–पश्चिम राजमार्गबाट तल खसेको छ ।
दुर्घटनामा घाईते भएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख भुपेन्द्र गिरीको कमाण्डमा खटिएको टोली उद्धार गरेको थियोे ।