मलंगवा ,माघ- ४, यतिबेला तराईमा शितलहरसँगै कोरोनाको तेस्रो लहर पनि सूरु भइसकेको छ।प्रत्येक दिन कोरोनाका संक्रमितहरु थपिने क्रम बढेको छ।

जिल्लाका सुरक्षा निकायका प्रमुखहरूनै काेराेनाका कारण थलियिसकेका छन् ।
र पनि सरोकारवाला निकायहरुको ध्यान त्यसतर्फ गएको छैन ।उनीहरु अहिले पनि कानमा तेल हालेर सुतेसरह गरिरहेका छन् ।
सरोकारवालाहरुले जनतालाई बेवास्ता गरेको भन्दै  पत्रकारहरु भने आम सर्वसाधारण नागरिकहरुको समस्यालाई आफ्नै समस्या मानेर राहतका कार्यक्रम लियर अघि बढीरहेका छन् । उनीहरू थोरै भएपनि राहत पुर्‍याउ सकिन्छ भनेर  विभिन्न राहत सामाग्रीहरु वितरण गर्न अग्रसर भएका छन्।
यश कार्यमा रिपोर्टस क्लब नेपाल सर्लाही शाखा र जिल्ला सदरमुकाम  मलंगवाबाट प्रकाशित हुने राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिकाले अग्रसरता देखाएका छन् ।
यी दुवै सञ्चारसंग सम्बन्धित संस्थाका प्रमुखहरूले मलंगवा नगरपालिका क्षेत्रमा बसोबास गर्ने विपन्न तथा गरिब समूदायका तीन दर्जन भन्दाबढी एकल(विधवा) महिला तथा वृद्धाहरुलाई न्यानो  कम्बल र चेवनप्राश वितरण गरेका छन्  ।
रिपोर्टस क्लब नेपाल प्रदेश न-२ का अध्यक्ष बख्तियार अली, लोकतन्त्र दैनिक पत्रिकाका सम्पादक मनोज यादव, भारतीय मिडिया राष्ट्रिय खबरका नेपाल सम्वादाता सुनिल राय लगायतका  पत्रकारहरुले कोरोना संक्रमणलाई मध्येनजर गर्दै मलंगवा बजारको साथै सार्वजनिक तथा निजी सवारीसाधनहरु बस,ट्रक,टेम्पु,रिक्सा,टाँगा, जिप, मोटरसाइकल लगायतमा सवार यात्रुहरुलाई सर्जिकल माक्स वितरण गरेका छन् ।
प्रति ब्यक्ति एकजनालाई एक-एकवटाको दरले दुई हजार भन्दाबढी माक्स वितरण गरेको राष्ट्रिय  लोकतन्त्र दैनिकका सम्पादक मनोज यादवले बताए।
उनले  अब मलंगवा प्रवेश गर्ने नाकाहरु गम्हरिया(पेट्रोल पम्प),भेल्ही नजिक झिम पुल, मलंगवा नपा-२ कृष्णा चौक,नेपाल-भारत सिमानाका अन्तर्गत गोरखकाली प्रहरी चौकी लगायतका नाकाहरुमा माक्स वितरण गर्ने कार्यक्रम रहेको बताए।
माक्स वितरणसँगै  मलंगवा  नगरपालिका भरीका  विपन्न तथा दलित समुदायका एकल महिलाहरुलाई न्यानो कम्बल र  चेवन्नप्राश समेत  वितरण गर्दैजाने  योजना रहेको रिपोर्टस नेपाल प्रदेश न-२ का अध्यक्ष पत्रकार अलीले जानकारी दिए।
आफ्नो जनताको समस्या र सोको समाधान गर्ने दायित्व यहाँ जनप्रतिनिधिहरुले भुलेपछि आफुहरुले यस्तो कार्यक्रम गरेको पत्रकार अलीले बताए ।