लालबन्दी,माघ-४,मधेस प्रदेश सरकारले मंगलवार (आज) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकले दुई तिहाइ मतसहित मधेस प्रदेश र स्थायी राजधानी जनकपुर कायम गरेकोसंगै प्रदेशका धेरैजसो नागरिक हर्षित भएका छन् ।
प्रदेश सरकारले प्रवक्ता नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।
राजपा ,जसपालगायतका राजनीतिक दलले आज दिउँसो सर्लाही सदरमुकाम मलंगवालगायत प्रदेशका विभिन्न जिल्ला सदरमुकाम र गाउँ- नगरहरूमा विभिन्न कार्यक्रमहरु गरि खुसियाली साटासाट गर्ने भएका छन् ।
यता जनता समाजवादी पार्टी नेपालले सर्लाहीले सदरमुकाम मलंगवा स्थित जिविस चोकमा रहेकाे मधेश आन्दोलनका सहिदको शालिक भएको ठाउँमा दिउसो १ बजे र्यालि ,नाराजुलुसकासाथ शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको जसपा नेपाल सर्लाहीका अध्यक्ष वीरेन्द्र कुमार रायले जानकारी दिएका छन् ।