मनाेज यादव /मलंगवा
पुस- ३०, सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा रहेको सहकारी संस्था सहारा मल्टिपर्पस को-अपरेटिभ सोसाइटी लिमिटेडले सर्लाहीका ७ जना क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको छ।

संस्थाले शुक्रवार मलंगवामा आयोजना गरेको आफ्नो १८ औं वार्षिक साधारणसभाको अवसर पारेर जिल्ला क्रियाशील रही समाचारको माध्यमबाट आर्थिक ,सामाजिक र सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष एवं पत्रकार टंक क्षेत्री , डुकु कोइराला ,बख्तियार अली, विश्वनाथ ठाकुर, सुनिल ठाकुर,अनवर अहमद र मनोज यादवलाई सम्मानित गरेको हो ।
“बचत गर्ने बानी,सुखद भविष्यको निशानी” भन्ने पवित्र उदेश्य लिएर खोलिएको सस्थाको १८ औं वार्षिक साधारणसभाको शुक्रवार मलंगवा नपा वडा न-१० स्थित जानकी पार्टी पैलेसको सभाहलमा उद्घाटन गरिएको छ।
संस्थाका अध्यक्ष वसी अहमद मिकरानीको अध्यक्षता तथा केन्द्रीय सहकारी संघका पुर्व कार्यकारी सदस्य ध्रुवनाथ खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभाको उद्घाटन कार्यक्रममा भुपु सहकारी डिभिजन प्रमुख राम लक्षण रायले स्वागत मन्तव्य राखेका थिए।
साधारणसभाको अवसरमा अध्यक्ष र प्रमुख अतिथिले संस्थाको प्रगतिको लागि रातदिन क्रियाशील भई प्रत्येक सेवा केन्द्रबाट फिल्ड तर्फ बढी व्यवसाय गरि प्रथम , दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भएका फिल्ड कार्यकर्ताहरुलाई प्रशंसापत्र द्वारा सम्मानित गरेका छन् ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मिकरानीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थालाई प्रगतिको बाटोमा लैजान सहयोग पुर्याउने बचतकर्ता, सेयर सदस्य , कर्मचारी तथा फिल्ड कार्यकर्ताहरुलाई धन्यवाद दिएका थिए।
पुर्व सांसद तथा अधिवक्ता भिखारी मंसुर,उद्योग वाणिज्य संघ मलंगवाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र कुशवाहा,संस्थाका मुख्य प्रबन्धक सुनिल कुमार गुप्ता , लेखा समिति संयोजक राम नारायण राय,लेखा समिति सदस्य , संचालक समिति सदस्य ,विभिन्न सेवा केन्द्रका पदाधिकारी ,कर्मचारी ,फिल्ड कार्यकर्ता, सेयर सदस्य पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बलराम दाहालले गरेका थिए।