सर्लाही,पुस- ३० ,सर्लाही सदरमुकाम मलंगवा नगरपालिका स्थित सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष ०७७/०७८ मा सावाँ ३२ करोड मुनाफा आर्जन गरेको छ ।


सस्थाका अध्यक्ष हरिशंकर प्रसाद साहका अनुसार  ४० करोड लगानी गरेको संस्थाले  ब्याज बापत  ६ करोड ५० लाख संकलन गरेको छ।
लगानी , बचतको साथै रेमिटेन्स सेवा पनि प्रदान गर्दै आएको संस्था अहिले  आर्थिक बर्ष ०७७/०७८ मा सावाँ ३२ करोड रुपैया आम्दानी गरेको अध्यक्ष साहले संस्थाकाे १० औ वार्षिक साधारणसभाकाे अवसरमा आर्थिक  प्रतिवेदन प्रस्तुत गर्दै  जानकारी दिए ।
संस्थाको  १० औ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमकाे प्रमुख अतिथिसमेत रहेका मलंगवा नगरपालिकाका उपमेयर शान्ती मिकरानीले गरेकी हुन।
सुवोधहरि राजोपाध्यायले संचालन गरेको  कार्यक्रमका कृषि विकास बैंकका पुर्व प्रबन्धक रामचन्द्र साह,सुविधा बचतका प्रबन्धक दिपकलाल अमात्य ,समाजसेवी कामिल मिकरानी,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष एवं संचालक समिति सदस्य विरेन्द्र साह,संचालक समितिका पदाधिकारी ,कर्मचारी , सेयरधनी,फिल्ड कार्यकर्ता ,पत्रकार लगायतको उपस्थिति रहेको थियो।
संस्थाले १० औं वार्षिक साधारणसभाको अवसरमा  आफ्ना उत्कृष्ट फिल्ड कार्यकर्ताहरुलाई सम्मान समेत गरेको छ ।