लालबन्दी,पुस–२९,नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सर्लाहीको अध्यक्षमा प्रज्वल ढुंगाना सर्वसम्मत चयन भएका छन् ।

बुधबार राती लालबन्दीमा सम्पन्न १९ औं जिल्ला अधिवेशनको बन्दशत्रबाट ढुंगाना अध्यक्षतामा चयन भएका हुन ।ढुंगाना अध्यक्ष रहने गरि ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको बुझिएको छ।
अधिवेशनबाट उपाध्यक्षमा सुभास मिश्र, सचिवमा आशिष बाबु दाहाल, सह–सचिवत्रयमा रोशन दाहाल, सरोज चौधरी र दिलिप बुढाथोकी तथा कोषाध्यक्षमा कविता दास सर्वसम्मत चयन भएका छन् ।
अनेरास्ववियुका पूर्व सर्लाही अध्यक्ष एवम् हाल लालबन्दी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उज्वल कार्कीको अध्यक्षता रहेको अध्यक्ष मण्डलले सर्बसम्मत रुपमा हरिवनस्थित चतुर्भुजेश्वर क्याम्पसका स्ववियु सभापतिसमेत रहेका ढुंगानाको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
यसअघि निवर्तमान अध्यक्ष समिमबाबु पठानको अध्यक्षता एवम् अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन समारोह सम्पन्न गरिएको थियो । लालबन्दी स्थित मदन आश्रित भवनमा आयोजित उद्घाटन समारोहमा अनेरास्ववियुकी स्थायी कमिटी सदस्य सजिना थापा मगर, प्रदेश दुई अध्यक्ष अन्जना शिवाकोटी, एमाले नेताहरु कल्पना कटुवाल, रञ्जना सरकार, हरि उप्रेती, मानबहादुर खड्का, शान्ती लामा लगायत विभिन्न नेताले सम्बोधन गरेका थिए।