एसपी यादव/काठमाडौ
पुस- २८ ,सोमबार बाँके जिल्लाको नेपालगंज पुगेका संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटेको भनेर विभिन्न सञ्चार माध्यममा आएका समाचार भ्रामक रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा) का बाँके जिल्ला अध्यक्ष कमरुदिन राइले बताएका छन् ।
जिल्ला अध्यक्ष राइका अनुसार, यस्ता भ्रामक र कपोकल्पित समाचार प्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै उनले भने, “मन्त्री यादवलाई न कसैले लखेटेको छ”, न त कालो झन्डानै देखाएको छ, !
पुर्व निर्धारित कार्यक्रम अनुसार मन्त्री यादव किसान फिड मिल प्रा. लि. को उद्घाटन समारोहमा सोमबार नेपालगंज पुगेका थिए । मन्त्री यादव उक्त समारोहका प्रमुख अतिथि समेत रहेका थिए ।
मन्त्री यादवले उद्घाटन गरेका किसान फिड मिल प्रा. लि.
जसपाका नेता एवं पुर्व शहरी विकास मन्त्री इस्तियाक राइले १ अर्ब ३० करोड रुपैयाँको निजि लगानीमा संचालनमा ल्याएका छन् ।
मन्त्री यादवलाई सोमबार नेपालगंज एयरपोर्टमा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत समेत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रम बाके जिल्लाको जानकी गाउँपालिका खजुरामा जनता समाजवादि पार्टी, नेपाल (जसपा) ले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रम मंगलवार भव्यताका साथ सम्पन्न भएको छ ।
विभिन्न पार्टी परित्याग गरि सयौं नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । जसपामा प्रवेश गरेका नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि महेन्द्र राय यादवले फुलमाला र अबिर लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
पुर्व निर्धारित कार्यक्रमहरु सकाएर मन्त्री यादव मंगलवार बेलुकि काठमाडौ आइपुगेका छन् ।