लालबन्दी,पुस-२७, सर्लाहीका सुरक्षा निकाय प्रमुखहरू सिडिओ र एसपी कोरोना भाइरस संक्रमित भएका छन् ।
आइतबार बेलुका जिल्ला अस्पताल मलंगवामा स्वाब दिएका उनीहरुमा सोमबार साँझ पोजिटिभ रिपोर्ट आएको हो ।
प्रमुख जिल्ला अधिकारी गौतमले सामान्य रुघाखोकी लागेपछि कोरोना परीक्षण गराएका थिए । त्यस्तै, प्रहरी उपरीक्षक कृष्ण प्रसाईले पनि धेरै समय प्रमुख जिल्ला अधिकारीसँगै रहने भएकाले प्रजिअ गौतमले स्वाब दिएपछि उनलेे पनि सँगसँगै स्वाब दिएका थिए ।
आफूमा अहिले सामान्य खोकीबाहेक अन्य लक्षण नरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । आफू अहिले सरकारी निवासमै आइसोलेसनमा बसेको प्रजिअ गाैतमले बताए ।
उता प्रहरी उपरीक्षक प्रसाईको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ । उनी पनि आइसोलेसनमा नै रहेका छन् ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवलाई पनि कोरोना संक्रमण पुष्टी भएको बताइएकाे छ ।