मनोज यादव
मलंगवा,पुस- २५,लाखौं रुपैया खर्च गरि डाक्टरको पढाइ पूरा गरेर आउने डाक्टरहरुको एउटा मात्रै सोंच हुन्छ, अध्ययनको क्रममा आफुले खर्च गरेको पैसा कसरी असुल गर्ने ? उनीहरू डाक्टरीको पठाइ गर्दा लागेको सम्पूर्ण खर्च बिरामीहरुबाटै असुल्न खोज्छन्।


तर सर्लाहीको सदरमुकाम मलंगवामा भर्खरै सञ्चालनमा आएको एक निजि(प्राइभेट) अस्पतालले सञ्चालनमा आएको दिनदेखिनै गाउँ गाउँमा गएर स्वास्थ्य शिविरहरु संचालन गरिरहेका छन् ।
मलंगवा नगरपालिका वडा न-१० स्थित जिल्ला अदालतको पश्चिम पट्टी र कृषि कार्यालयको ठिक पछाडि रहेको चमेली माई हस्पिटल प्रा.लिले सञ्चालनमा आएको मात्र २ महिनाको अविधिमा सर्लाहीका विभिन्न स्थानहरुमा स्वास्थ्य तथा रक्तदान शिविरहरु सञ्चालन गरेको छ ।
हस्पिटलले केही दिनअघि आफ्नै प्राङ्गणमा रेडक्रस सोसाइटी मलंगवासँगको सहकार्यमा रक्तदान शिविर संचालन गरेको थियो ।
शनिवार पनि अस्पतालकै अग्रसरतामा चक्रघट्टा गाउँपालिकामा विभिन्न रोग सम्बन्धित स्वास्थ्य शिविरको आयोजना गरिएको थियोे ।
चमेली माई हस्पिटलका संचालक समेत रहेका डाक्टर कमलेश कुमार साहले आफ्नो पेशालाई व्यापारमुखी नबनाएर सेवामुखी बनाउने उदेश्यले अस्पताल सुरु गरेको बताएका
छन् ।
उनले आगामी दिनहरुमा पनि सम्बन्धित गाउँका पालिकाहरु सँग समन्वय गरि यसैगरी विभिन्न रोग सम्बन्धि स्वास्थ्य शिविरहरुको आयोजना गर्दै जाने चियाेचर्चाे खबरकर्मीसंग बताए ।
२४ सै घण्टा इमर्जेन्सी,एक्सरे र पैथोलोजी लैबको सुविधा रहेको अस्पतालबाट बिरामीहरुलाई अक्सिजन ,यु.सि.जी,इ.सि.जी,बेबी वार्मर ,प्रत्येक दिन ओपिडी सेवा प्रदान गर्नुका साथै डेलिभरीको लागि आउने गर्भवती महिलाहरुलाई नर्मल डेलिभरी गराउने लगायतका सेवाहरुको दिदै आएको डा.साहले बताए ।
कतिपय हस्पिटलले नर्मल डेलिभरी हुनसक्ने महिलाहरुलाई बढी पैसाको लोभमा अपरेसन मार्फत डेलिभरी गराउँदा आमा र बच्चाको स्वास्थ्यमा गम्भीर असर पर्ने र ज्याननै जोखिममा पर्ने गरेकोले आफुले यस्तो नकारात्मक कार्यलाई निरुत्साहित पार्न सकेसम्म नर्मल डेलिभरीनै गराउने गरेको उनले बताए ।अस्पतालमा उपचार गराउन आएका बिरामीका कुरुवाहरु नयाँ भएपनि चमेली माई हस्पिटलले प्रदान गरेको सेवा सुविधा तथा उपचार प्रति आफुहरु संतुष्ट रहेको बताएका छन् ।