सर्लाही,पुस -२४,  द सहारा लोन सेविंग्स को–आँपरेटिभ सोसाइटी लिमिटेडले ७ करोड ९३ लाख ९८ हजार १०१ रुपैयाँ  नाफा कमाउन सफल भएको छ। 


आर्थिक वर्ष २०७७/०७८  सम्म ३ अर्ब ८९ लाख ३८ हजार ३३ रुपैया  निक्षेप संकलन गरि  ३ अर्ब ७ करोड ७७ लाख ८४ हजार  लगानी गरेको संस्थाले उक्त मुनाफा आर्जन गरेकाे संस्थाका अध्यक्ष नागेन्द्र कुमार रायद्वारा प्रस्तुत प्रतिवेदन उल्लेख छ  ।

संस्थाले गरेको कारोबार वापत नेपाल सरकारलाई ८० लाख ५८ हजार ३ सय २८ रुपैया १५ पैसा  राजश्व तिरेर ७ करोड ९३ लाख ९८ हजार १०१ रुपैया ७२ पैसा खुद मुनाफा गरेको हाे । संस्थाले नितिगत व्यवस्था अनुरुप कोषहरुमा बाँडफाँड गरि  शेयर लाभांस कोषमा २ करोड ३४ लाख ८६ हजार ६ सय ५९ रुपैयाँ ६ पैसा छुट्टाएको छ ।
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-८ स्थित कुशुम पार्टी पैलेशमा आयोजना भएको संस्थाकाे २५ औं वार्षिक साधारण सभाको प्रदेश न-२ का महिला बालबालिका ,युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहले पानसमा बत्ती बलेर उद्घाटन गरेका थिए ।


कार्यक्रममा मन्त्री सिंहलाई सस्थाका  अध्यक्ष नागेन्द्र कुमार यादव ले सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरेका थिए।
कार्यक्रममा  संस्थाका अध्यक्ष रायले संस्थाको तर्फबाट अन्तर्राष्ट्रिय बडी विल्डिंग प्रतियोगितामा तेस्रो स्थान हासिल गरेर देश र सर्लाही जिल्लाको मान बढाएको भन्दै सर्लाही टाइगर उपनामले परिचित सुरेन्द्र महतोलाई कदरपत्रले सम्मानित गरेका थिए ।
उक्त  कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी , मलंगवा नपा प्रमुख निरसल साह, उपप्रमुख शान्ती मिकरानी,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम ,उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह,समाजसेवी संजय गुप्ता सुगन्ध ,द-सहाराका महाप्रबन्धक नागेन्द्र प्रसाद चौधरी , संचालक समितिका सदस्य,मलंगवा स्थित विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि लगायको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा प्रधान कार्यालय मलंगवा अन्तर्गतमा असल ऋणी ,सेयर सदस्य , असल बचतकर्ता  तथा फिल्ड कार्यकर्ताहरुलाई समेत प्रमुख अतिथि मन्त्री सिंहले कदरपत्रको साथ दोसल्ला ओढाएर सम्मानित गरेको कार्यक्रम संचालक एवम् संस्थाका कानुनी सल्लाहकार भिखारी मंसुरले जानकारी दिएका छन् ।
सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको द सहाराको काठमाडौं, सुनसरी, मोरंग, झापा, उदयपुर, मकवानपुर, सिराहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट लगायतका जिल्लामा  सेवा केन्द्रहरु सञ्चालन रहेका छन् ।