ईश्वरपुर,पुस-२४,नेपाली कांग्रेस ईश्वरपुरका नेता मनोज आचार्यले प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतो परिवारलाई आर्थिक सहयोग गरेका छन् ।


शनिबार बिहान मृतक राम कुमारको घरमा पुगेर नेता आचार्यले मृतकका परिवारलाई ५ लाखकाे चेक हस्तान्तरण गरेका  हुन् ।
महताेकाे मृत्यु पछि आक्रोशित स्थानीयले गत सोमबार र मङ्गलवार दुई दिन बयलवास बजारमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा भएको झडपमा ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका १८ वर्षीय सञ्जय कुमार महतो प्रहरीको  गोली लागि घाइते भएका थिए ।
गोली लागेर घाइते सञ्जयको ट्रमा सेन्टर काठमाडौंमा उपचार चलिरहेको छ । घाइते सञ्जयलाई स्नातक सम्म अध्ययन गर्न  युवा नेता आचार्यले नै सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका  छन् ।
यता मृतक राम कुमारको सन्ततिलाई See सम्मको अध्ययनमासमेत आचार्यले नै सहयोग गर्ने भएका हुन ।


नेपाली कांग्रेस ईश्वरपुर ५ ले शनिबार आयोजना गरेको श्रद्धाञ्जली  सभालाई सम्बाेधन गर्दै युवा नेतन आचार्यले आर्थिक  सहयोग गर्ने घोषणा गरेका थिए।
चेक हस्तान्तरण पछि बाेल्दै  युवा नेता आचार्यले  यस्तो समयमा जात र सम्प्रदायकाे राेटी सेक्नु उचित नहुने तर्क गरे । उनलेे पार्टी , जात, धर्म र सम्प्रदाय भन्दा माथि उठेर मानवता बचाउने अभियानमा लाग्नु पर्ने तर्क गरे ।
श्रद्धाञ्जली  सभामा कांग्रेस ईश्वरपुरका  नेताहरुको उपस्थिती रहेको थियोे  ।
गत पुष ११ गते आइतवार राति ईश्वरपुर नगरपालिका–७ स्थित ईश्वरपुर नगरपालिकाको कार्यालय नजिकै प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुवनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।