ईश्वरपुर,पुस-२२,नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले कांग्रेस नेतृत्वकाे सरकारले सवै प्रकारको भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताएका छन् ।
उपसभापति गुरूङले भ्रष्टाचारको मुद्दा हेर्दैगर्दा जात, र्धमकाे मुख हेरेर मुद्दा चलाउन नहुने तर्क गरे ।
उपसभापति गुरूङले आज (बिहीवार) सर्लाहीको इश्वरपुर- ४, सागरनाथमा नेपाली कांग्रेस सर्लाही क्षेत्र १ ले आयोजना गरेको धन्यवाद ज्ञापन तथा पदस्थापन समारोहलाई सम्बाेधन गर्दै यस्तो बताएका हुन् ।
फरक प्रसंगमा बाेल्दै उपसभापति गुरूङले,नेताहरूले आफ्नाे आचरण बदलनु पर्ने तर्क गरे । कायक्रमहरू खर्चिलो हुदै गएको बताउदै उपसभापति गुरूङले व्याच, माला तथा खादामा हुने गरेको ठुलो र्खच कटैती गर्नुपर्ने बताए । पछिल्लो समय माला तथा खादा लगाईदिने हाेडनै चलेकाले यसको नियन्त्रण हुनु पर्नेमा उपसभापति गुरूङकाे जाेड थियोे ।
राजनीतिमा लागेका मानिस समाजको ऐना भएकाले पनि समाजको परिवर्तनको लागि राजनीतिज्ञ बदलीनु पर्ने उनलेे बताए । समाज बदलन हिडेका व्यक्ति आफू बदलिन नसक्दा समाजको बिकास हुन नसकने उनको तर्क थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १५० भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका सर्लाही क्षेत्र १ का क्षेत्रीय सभापति हरिबहादुर लुङगेलीले जानकारी दिए ।