एसपी यादवकाठमाडौ, पुष -२२, सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि उखुको मूल्य प्रति क्विन्टल ५ सय ९० रुपियाँ निर्धारण गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरीद मूल्य निर्धारण गरेकाे कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्र राय यादवले जानकारी दिए।
मन्त्री यादवका अनुसार, उखुको न्यूनतम समर्थन मूल्य तोक्ने सम्बन्धी प्रस्ताव तयार गरेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको २ हप्ता पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा सो प्रस्ताव पेश गरेपछि मुल्य निर्धारण भएको हाे ।
गत वर्षको तुलनामा यस वर्ष प्रति क्विन्टल ४५ रुपैयाँ ६७ पैसा मूल्य बढेको हो । गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।यसैगरी, सरकारले भारतबाट जीटुजीमार्फत १ लाख ५० हजार मेट्रीक टन मल खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि भारतसँग सम्झौता गर्ने निर्णय समेत गरेको मन्त्री यादवले बताएका छन् ।