हरिवन, पुस -२१,सर्लाहीको हरिवनमा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ५६ लाख ४३ हजार ३७० रुपैयाँ ५६ पैसा मुनाफा आर्जन गरेको छ ।


३८ करोड ९५ लाख ७३ हजार ५९० रुपैयाँ ३४ पैसा बराबरको कारोबार गरी संस्थाकाे उक्त मुनाफा आर्जन गर्न सफल भएको संस्थाका प्रवन्धक सन्तोष पाण्डेले जानकारी दिए ।
हरिवन नगरपालिका–१, भोक्टेनी स्थिति संस्थाले सञ्चालन गरेको मनोकामना आवाशिय विद्यालय परिसरमा संस्थाको १६ औँ वार्षिक साधारण साधारण सभा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष एवं पुर्वमन्त्री शम्भुलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चूडालको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारण सभाको अवसरमा बाल बचतमा प्रथम, द्धितिय र तृतिय हुने क्रमशः आकृष उप्रेतिलाई नगद १० हजार, कृश्चल ओम पोतेलाई नगद ७ हजार, सृजा श्रेष्ठलाई ४ हजार नगद, प्रमाण पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ ।
त्यस्तै संस्थाका उत्कृष्ट बचतकर्ता दिवाकर पौडेल, नियमित तथा उत्कृष्ट तवरले ऋण तिर्ने उत्कृष्ट ऋणी संगिता पाठक र संस्थाका उत्कृष्ट कर्मचारी डिल्ली बहादुर पौडेललाई दोसल्ला ओढाई प्रंशसा पत्रसहित सम्मान गरिएको थियोे ।