लालबन्दी, पुस -२०,ईश्वरपुर (बयलवास )बजार घट्नामा प्रहरीको गाेली लागि घाईते भएका सन्जय महतो उपचारमा नेपाली कांग्रेसका युवा नेता मनाेज कुमार आचार्यले सहयोग गर्ने भएका छन् ।


नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका ईश्वरपुर -३, भक्तिपुरका युवा नेता आचार्य आज (मंगलवार) महतोको स्वास्थ्य अवस्था बुझ्न काठमाडौंको ट्रमा सेन्टरमा पुगि उपचारमा सहयोग गर्ने बताएका हुन ।
युवा नेता आचार्य र घाइते महताे एउटै वडाका वासिन्दासमेत हुन ।
आचार्यले महताेकाे उपचार पछि उनलाई स्नातक सम्मको अध्ययनमा लाग्ने सम्पूर्ण खर्चसमेत बेहोर्ने जिम्मा लिएकाे बताए ।

घाइते महताे अहिले कक्षा ९ मा अध्ययनरत छन् ।
युवा नेता आचार्यले चियाेचर्चाे खबरसंग कुरा गर्दै, प्रहरी भ्यानकाे ठक्करबाट मृत्यु भएका राम कुमार महतो परिवारलाई पनि आफुले राहत सहयोग प्रदान गर्ने बताए ।
काेराेना महाव्याधिकाे समयमासमेत सर्लाही बासिकाे लागि नि-शुल्क एम्बुलेन्स सेवा,विभिन्न औषधीजन्य सामग्री प्रदान गरेरका युवा नेता आचार्य समाजसेवी व्यक्तिकोरूपम परिचित छन् ।