लालबन्दी, पुस-१९, नेकपा (माओवादी केन्द्र) सर्लाहीले चार केन्द्रीय सदस्य प्राप्त गरेको छ ।
नेकपा (माओवादी केन्द्र)काे काठमाण्डौंमा हिजो (आईतवार ) सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट सर्लाहीका प्रह्लाद बुढाथोकी, अच्यूतम काफ्ले, रामेश्वर राय यादव र माया बल केन्द्रीय सदस्यमा चयन भएका हुन ।


सर्लाबाट चयन भएका नेता प्रह्लाद बुढाथोकी र रामेश्वर राय यादव खुलाबाट, अच्यूतम काफ्ले खस आर्यबाट र माया बल जनजाति कोटाबाट केन्द्रीय सदस्यमा चयन भएका हुन ।
दुई सय ३६ जना केन्द्रीय सदस्य चयन गर्दै माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन हिजो सम्पन्न भएको माओवादी केन्द्र सर्लाहीका संयोजक कमल बुढाथोकीले जानकारी दिए ।