बागमती,पुस -१९,नेकपा एमालेवाट वडा कमिटी अध्यक्ष वनेको चौविस घण्टा नवित्तै एक स्थानीयले आफु नेकपा एकिकृत समाजवादी पार्टीमा नै आवद्ध रहेको विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।


सर्लाहीको बागमती नगरपालिका वार्ड नम्वर २ धरहराका कुल वहादुर भोलन सुमनले आज ( साेमवार) विज्ञप्ति जारी गरी गर्दै आफु नेकपा एकिकृत समाजवादीमा नै रहेको बताएका हुन ।
हिजो नेकपा एमालेको वडा भेलावाट उनलाई वडा अध्यक्ष भएको घोषणा गर्दै अविर लगाईएकाे थियो । आज हस्तलिखित प्रेस विज्ञप्ति जारी गर्दै कुल वहादुर भोलन (सुमनले) मजाक जस्तै गरी आफुलाई कार्यक्रममा वोलाएर अध्यक्ष घोषणा गरेको आरोप लगाएका छन् ।
उनलेे आफु नेकपा एकिकृत समाजवादी सर्लाही जिल्ला कमिटी सदस्य भएको र त्यही पार्टीमा प्रतिवद्ध भएकोले भ्रममा नपर्न सम्वन्धित सवैमा जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरेका छन्।