मलंगवा,पुस -१८, परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलंगवाका विद्यार्थी आन्दाेलित भएका छन्।


जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखिए पनि सर्लाही क्याम्पसको परीक्षा मात्र सारिएको भन्दै स्‍नातक चौथो वर्षका विद्यार्थी आन्दोलित भएका हुन्। 
आन्दाेलित विद्यार्थीले बिहानैदेखि क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गर्दै ,सवारीसाधनकाे आवागमन राेकेका छन् । उनिहरूले नारावाजी गर्दै मलंगवा बजार परिक्रमा गरेका
थिए ।
अनेरास्ववियुका सर्लाही क्याम्पस कमिटी अध्यक्ष धरबेन्द्र यादवका अनुसार यस अघि तोकिएको केन्द्र यथावत नभए सम्म आन्दोलन जारी रहनेछ ।