ईश्वरपुर, पुस – १८, सर्लाहीको ईश्वरपुर नगरपालिका–३,सागरनाथ जंगलमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा मोटरसाइकलमा सवार  एकै गाउँका तीन युवाकाे मृत्यु भएको छ ।


बा १९ प ७१९७ नम्बरको मोटरसाइकल दुर्घटनामा ईश्वरपुर नगरपालिका–१० दसबिघाका  २२ वर्षिय अरुण सिंह, २० वर्षिय श्रगम बिक र रोहन सिंहको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
दुर्घटनाको कतिखेर भयो भन्ने खुलेको  छैन । मोटरसाइकलसहित तीनजना लडेको अवस्थामा देखेपछि स्थानीयले आईतवार विहान प्रहरीलाई खबर गरेका थिए ।
घटना स्थल बयलबास भक्तिपुर सडकखण्डस्थित सागरनाथ जंगल क्षेत्रमा पर्दछ ।
मादक प्रदार्थ सेवन अथवा बाक्लु हुस्सुले मोटरसाइकल अनियन्त्रित भएको हुनसक्ने प्रहरीको  अनुमान छ ।
मृतक तीनैजनाको शव  पाेस्टमार्टमकाे  लागि सदरमुकाम स्थित जिल्ला अस्पताल मलंगवामा  राखिएको  प्रहरीले जनाएको छ ।