सर्लाहीको ईश्वरपुर (बयलवास) बजारमा रेहाका प्रहरी र प्रदर्शनकारी ।

ईश्वरपुर,पुस –१३, सर्लाहीको ईश्वरपुर (बयलवास) बजार झनै तनावग्रस्त बनेको छ । ईश्वरपुर नगरपालिका बयलवास –५ का ३० वर्षीय व्यापारी रामकुमार महतोको प्रहरी भ्यानको ठक्करबाट आईतवार राति मृत्यु भएको घट्नालाई लिएर मंगलवार (आज) स्थिति झनै तनावग्रस्त बनेको छ ।

ईश्वरपुरमा स्थिति नियन्त्रण बाहिर गएको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले अहिले दिउँसो ३ बजेदेखि भोली बुधबार साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रहरी र प्रदर्शनकारी बिच झडप हुदाँ दर्जनौं सुरक्षाकर्मी तथा सर्बसाधारण घाईते भएका छन् । शुरक्षाकर्मिमले त्याहाँ दर्जनौं राउण्ड हवाईफायर एवं अश्रुग्याँस प्रहार गरपएको छ ।सोमवार बिहानै देखि आन्दोलित स्थानीयले मंगलवार बिहान मृतकको आफन्तलाई भेट्न पुगेका ईश्वरपुर नगरपालिकाका मेयर मनोज देवकोटालाई आक्रमण समेत गरेका छन् ।

प्रदर्शनकारीले कुटपिटबाट मेयर देवकोटा घाईते भएका छन्, भने उनले चढ्ने गरेको ना.१ झ १५७० नम्बरको टाटा सुमोको सिसा फुटेको छ ।

आन्दोलित प्रदर्शनकारीले बयलवासमा बजार प्रवेश गर्ने ईश्वरपुर ५ सखुबनी देखि बजारका सवैजसो चोकमा टायर बालेर आवागमन ठप्प परेका छन् ।प्रहरी भ्यानको ठक्करबाट स्थानीय व्यवसायीको ज्यान गएपछि सोमवार पनि दिनभर ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारमा स्थानीयले प्रदर्शन गरेका थिए । आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगजनी गर्नुका साथै बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगन्जमा ढुंगामुढा समेत गरेका थिए ।

प्रहरीले सोमवार पनि स्थिति नियन्त्रणमा लिन दर्जनौँ शेल अश्रुग्याँस प्रहार गरेको थियो । सोमवार दिउँसो ३ घण्टा बढी पीडितसँग भएको वार्तामा कुनै सहमती नभएकाले मंगलवार पुनः प्रदर्शन हुने आंकलन गरेर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट वरिष्ठ प्रहरी उपरीक्षक
(एसएसपी) मसाउद आलम खाँ को कमाण्डमा ठूलो संख्यामा सुरक्षाकर्मी बयलवास ल्याइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालयसँगै ईलाका प्रहरी कार्यालय बरहथवाबाट डीएसपीको कमाण्डमा र विभिन्न प्रहरी युनिटहरुबाट इन्सपेक्टरको कमाण्डमा सोमवारदेखि नै प्रहरी टोली बयलवासमा परिचालन गरिएको छ । त्यसैगरी सशस्त्र प्रहरीको टोली पनि त्याहाँ तैनाथ छ ।

उता ईश्वरपुर घटनाको विषयमा छलफल गर्न सर्लाहीका प्रमुख जिल्ला अधिकारीले सर्वपक्षिय बैठक बोलाईए छन् । सोमबार राती सर्लाही आईपुगेका नयाँ प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले सर्वपक्षिय बैठक बोलाएका हुन ।
बैठक मंगलबार बिहान साँढे ९ बजे मलंगवा स्थित जिल्ला प्रशासन कार्यालयमा हुने भनिएको भए पनि थप केभयो जानकारी पाउन सकिएको छैन् ।

आईतवार राती ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–५ निवासी ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।घटना प्रहरीले लुकाउन खोजेको र शंकाष्पद देखिएको भन्दै ईश्वरपुरका व्यापारीले सोमबार दिनभर बयलबास बजारमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
मृतक महतोको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामै राखिएको छ । मृतकका आफन्त र स्थानीय अगुवाहरु सोमबार वार्ता स्थल छाडेर हिँडेकाले मंगलबार पुनः वार्ताका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरुले घटनाको सत्यतथ्य छानविन गर्दै दोषिमाथि कानूनी कार्बाही एवं राज्यद्वारा दिईने क्षतिपूर्ति बाहेक मृतकका सन्तानलाई लालनपालन एवम् पठनपाठनका लागि थप १५ लाख रुपैंया राहत उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।