ईश्वरपुर,पुस-१२,ईलाका प्रहरी कार्यालय केसरगंजको भ्यानले ठक्कर दिएर व्यवसायीको मृत्यु भएको भन्दै सर्लाहीको बयलवासका उद्योगी व्यापारीले साेमवार बिहानैबाट बजार बन्द गरेका छन् ।
जिल्लाकाे ईश्वरपुर नगरपालिका ७ मा प्रहरीको भ्यानले ठक्कर दिदाँ ईश्वरपुर नगरपालिका ५ घर भएका रामकुमार महतोकाे मृत्यु भएको स्थानीय व्यवसायीकाे आरोप छ ।
प्रत्यक्षदर्शीका अनुसार महतोलाई ईश्वरपुर नगरपालिकाको कार्यालय भन्दा दक्षिण पट्टी प्रहरीकाे भ्यानले ठक्कर दिएको थियो ।
आइतवार राती करिव ९ बजे तिर दुर्घटना भएको थियोे ।ईश्वरपुर नगरपालीका ६ मा फेन्सी पसल संचालन गर्दै आएका महतो पसल बन्द गरेर मामाघर चन्द्रनगर तर्फ जादैँ गर्दा प्रहरीकाे भ्यानले ठक्कर दिएको आन्दाेलित व्यवसायीकाे दाबी छ ।
उनिहरूले महताेकाे मृत्यु भैसके पछि मात्र आफुहरूलाई जानकारी गराएको आरोप लगाएका छन् । घटना रातीनै भएपनी बिहान मात्र घर परिवारलाई जानकारी गराएर प्रहरिले घट्ना ढाकछोप गर्न खाेजेकाे उद्याेग वाणिज्य संघ ईश्वरपुरको आराेप छ ।
आन्दाेलित उद्योगी व्यवसायीले अहिले बयलवास बजार बन्द गराएर ईलाका प्रहरी कार्यालय ईश्वरपुर अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।
उता प्रहरीले भने दुर्घटना हुने बितिकै घाईतेलाई उपचारका लागि मलंगवा अस्पताल ल्याईएको बताएको छ । ‘तिब्र गतिमा रहेको मोटरसाईकल आफुहरूकाे गस्तीमा हिँडिरहेको गाडीमा आएर ठोक्किएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।
प्रहरी टोलीले तत्काल घाईतेलाई उपचारका लागि मलंगवा ल्याएपनि उपचार गर्दागर्दै , मृत्यु भएकाे प्रनाउ बुढाथोकीले जानकारी दिए । आफुहरूले घटना लुकाउने नखाेजेकाे त्यसताे हाे भने हामीले अर्कै गाडीले ठक्कर दिएको अवस्थामा फेला पार्यौं भनि हाल्थ्यौं ,´प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने ´। मृतकको साथमा कुनै परिचय खुल्ने कागजपत्र नभएको र मोबाईल समेत स्क्रिन लक भएकाले नाम, थर वतन पत्ता लगाउन सकिएन, एकैचोटी बिहान उहाँकी श्रीमतिको फोन आएपछि मात्र घटनाबारे जानकारी गराउन परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।