लालबन्दी,पुस-१०,राेयल पेन्टसले सर्लाहीको लालबन्दीमा पेन्टर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
पेन्टसले लालबन्दी स्थित आफ्नो आधिकारिक बिक्रेता प्रेमदा ट्रेडर्स मार्फत लालबन्दीकाे युनाइटेडमा यहाँका पेन्टरहरूकाे भेला गराई आफ्नो उत्पादनकाे बारेमा जानकारी गराएको हाे ।
प्रेमदाका सञ्चालक उज्ज्वल तिमल्सिनाकाे अध्यक्षतामा भएको कार्यक्रममा कम्पनीका डाइरेक्टर कृष्णराज भण्डारीले २०१० मा स्थापना भएकाे आफ्नो कम्पनीसंग बहुराष्ट्रिय कम्पनीकाे तुलना गर्न सकिने बताए । कम्पनी स्थापनाकाे११ बर्ष पुराहुदा ग्राहकबाट खासै गुनासो सुन्नु नपरेको बताए ।
बहुराष्ट्रिय कम्पनीकाे तुलनामा आफ्नो उत्पादन राम्रो भएकाले नै (राेयल पेन्टस )ले नेपाल गुणस्तर चिन्ह प्राप्त गर्न सफलरहेकाे डाइरेक्टर भण्डारीले बताए । उनलेे आफ्नो उत्पादन नेपाली हावापानी सुहाउँदो रहेको बताउदै उच्च गुणस्तरकाे ल्यावबाट परिक्षा गरेर बजारमा पठाउने गरेको बताए ।
सिंगापुर ,चाईना,इण्डियाबाट उच्चस्तरको केमिकल ल्याएर उत्पादन गर्ने गरेको बताउदै ,क्वालिटिकाे मामिलामा ढुक्क भएर प्रयोग गर्न आग्रह गरे ।
डाइरेक्टर भण्डारीले बहुराष्ट्रिय कम्पनी भन्दा आफ्नो उत्पादन निकै सस्ताे रहेको दाबी गरे ।
बहुराष्ट्रिय कम्पनीका उत्पादन १ लाख ५० हजार पर्ने ठाउँमा राेयल पेन्टस १ लाखमै ग्राहकले प्राप्त गर्न सक्ने उनलेे बताए ।अहिले आफ्नो उत्पादनमा ५ वर्ष ७ वर्ष वारेन्टी अवधि रहेको बताउदै ,डाइरेक्टर भण्डारीले अब चाडैं १० वर्ष वारेन्टी रहने प्राेड्क्ट बजारमा ल्याउने तयारीमा आफुहरू रहेको बताए ।
राेयल पेन्टस् झुम्का जनकपुर,मकवानपुरका आधिकारिक बिक्रेताहरूले राेयल पेन्टस् संग जाेडिन पाउदा आफुहरूलाई खुसि लागेकाे बताए ।