लालबन्दी,पुष—६,लालबन्दी नगरपालिका वडा नं.—९, मा रहेको जनज्योति माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १७ वर्षिय विद्यार्थी दिपेन्द्र यादवको ट्रकको ठक्करबाट सोमवार ज्यान गएको भन्दै सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले मंगलवार (आज) पनि प्रदर्शन गरेका छन् ।
उनिहरुले अपराधीलाई कार्वाही गरिनु पर्ने,सडक पेटी व्यवस्था हुनुपर्ने, विद्यालय क्षेत्रमा पार्किङ निशेध गर्नु पर्ने, विद्यालय क्षेत्रमा सवारीसाधनको गति सिमित हुनु पर्ने, जेब्रा क्रसिङ र आकाशे पुल निर्माणको गर्नुपर्ने माग राख्दै पूर्व–पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन ।

लालबन्दी नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका आक्रोशित विद्यार्थीहरुले नगरपालिका गेटमा रहेको लाईट बोर्डमा ढुंगाा प्रहार गरि क्षति पुर्याएका छन् ।

सोमवार पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–९, बस्पिुरमा ट्रकको ठक्करबाट चन्द्रनगर गाउँपालिका–१, रतनपुर निवासी १७ वर्षका दिपेन्द्र यादवको ज्यान गएको थियो । सोमवार पनि मृतकका आफन्त र विद्यार्थीहरुल प्रदर्शन गरेका थिए ।
इलाका प्रहरी कार्यलय लालबन्दीका अनुसार उनलाई ना ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिएको थियो । जनाएको हो । ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका दिपेन्द्रको घटनास्थलमै ज्यान गएको थियो ।
बालकको शव जिल्ला अस्पताल मलंगवामा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले सोमवारनै नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।