मनाेज यादव /मलंगवा ,पुस -३,नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सर्लाहीको आठौँ जिल्ला अधिवेशनबाट युगलकिशोर साह अध्यक्षमा चयन भएका छन् ।
जिल्ला सदरमुकाम मलंगवामा शनिवार (आज) सम्पन्न आठौँ जिल्ला अधिवेशनले साह अध्यक्ष रहने गरि १७ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मतिले चयन गरेको हाे ।


नवगठित कार्यसमितिका अन्य पदाधिकारीहरूमा बालकृष्ण राय यादव उपाध्यक्ष ,विजेता चाैधरी उपाध्यक्ष (महिला ) अजयकुमार यादव उपाध्यक्ष (समावेशी ) डा. साेनेलाल साह सचिव, प्रमाेद कुमार चाैधरी काेषाध्यक्ष ,मनिष कुमार साह सह-सचिव रहेका छन् ।सदस्यहरूमा विश्वनाथ अधिकारी ,रामनरेश ठाकुर ,सन्ताेष कुमार सिंह,हरिचन्द्र यादव,जगदीश झा लगायत छन्।
कार्यक्रममा भर्खरै जागिरबाट अवकाश भएका युनियनका सदस्यद्वय जलश्रोत तथा सिंचाइका इन्जिनियर राधेश्वर प्रसाद साह र बागमती सिंचाइका नायब सुब्बा ढुंडीराज खतिवडालाई कार्यक्रमका प्रमुख अतिथि महिला तथा बालबालिका युवा तथा खेलकुदमन्त्री मन्त्री विरेन्द्र प्रसाद सिंहले दोसल्ला र कदर बाट सम्मान गरेका थिए ।
युनियन जिल्ला कार्यसमिति सर्लाहीका अध्यक्ष कपिलदेव साहकोअध्यक्षता,प्रदेश न-२ का महिला तथा बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहको प्रमुख अतिथ्यता एवम् नेपाली कांग्रेस प्रदेश नं.-२ का सचेतक तथा जनता आवास कार्यक्रमका संयाेजक प्रदेश सांसद उपेन्द्र प्रसाद कुशवाहा, युनियनका केन्द्रीय कार्यसमितिका अध्यक्ष गोपाल प्रसाद पोखरेल बिशिष्ट अतिथि रहेको कार्यक्रममा मलंगवा नपाका मेयर निरसल साह, उपमेयर शान्ती मिकरानी,प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा लगायत विभिन्न जिल्ला युनियनका कार्यसमिति अध्यक्ष,युनियनका सदस्यहरुको उपस्थिति रहेको थियोे । कार्यक्रमको संचालन हरिकांतलाल कर्णले गरेका थिए भने स्वागत मन्तव्य निर्वतमान सचिव युगल किशोर साहले राखेका थिए।