हरिवन,पुस -३,सर्लाहीको हरिवन -१० सुखीपाेखरीमा शनिवार (आज) एक कार्यक्रमकाबीच स्मारिका लाेकार्पण तथा सम्मान समारोह सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि हरिवनका शताब्दी पुरूष एवम् चतुर्भुजेश्वर जनता उच्च माध्यमिक विद्यालयकाे संस्थापक मध्यका एक बबरजंग थापाले विद्यालयकाे एसएलसी समूह २०३२ले प्रकाशनमा ल्याएको स्वर्ण -महाेत्सव स्मारिका लाेकार्पण गरेका हुन ।


कार्यक्रममा शताब्दी पुरूष थापा , विद्यालयमा अध्यापन गरेका पूर्व प्रधानाध्यापक र शिक्षाहरूलाई एसएलसी समूह २०३२ले खादा तथा सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा बिष्ट अतिथि हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले धेरै मान्छेकाे व्यक्तित्व निर्माण गरेकाे र आफू पनि अध्ययन गरेकाे विद्यालयमा एसएलसी समूह २०३२ ले अनुकरणीय कार्यक्रम आयोजना गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।मेयर प्रसाईंले विद्यालयकाे बिकासमा आफुले पनि याेगदान गरेको र अझै धेरै गर्ने बताए ।
पूर्व प्रधानाध्यापक कृष्ण प्रसाद भट्टराई लगाएका वक्ताहरूले विगतको स्मरण गर्दै , विद्यालयमा पूर्व बर्दिवास ,पश्चिममा निजगढ ,उत्तर शिन्धुली र दक्षिणमा हिरापुर क्षेत्रबाट अध्ययनकाे लागि आउने गरेको बताए । बक्ताहरूले बिगतमा यहाँका चन्दादाताले गरेकाे सहयोग अतुलनीय रहेको बताउदै उहाँहरूकाे देनकै कारण यश क्षेत्र शिक्षाको हब बन्न सकेको तर्क गरे ।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद बरालले एसएलसी समूह २०३२ले आयोजना गरेको पूर्व शिक्षक सम्मान कर्यक्रमले सत्य युगनै फर्किएको अनुभुती भएको बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष काेकिलानन्द उप्रेतीकाे,सभाध्यक्षतामा ,एसएलसी समूह २०३२ का किरण श्रेष्ठकाे स्वागत मन्तव्य र डक्टर श्याम भट्टराईकाे सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियोे ।
आकर्षक आवरणसहित १११ पृष्ठ रहेको स्वर्ण -महाेत्सव स्मारिकामा चतुर्भुजेश्वर एसएलसी समूह २०३२ ले विद्यालयकाे आगत- विगत प्रस्तुत गरेका छन् । जसमा विद्यालयका संस्थापक र पू्र्व शिक्षकहरूले आफ्ना अनुभवहरू पस्कियकाे पाईन्छ ।