लालबन्दी,मंसिर -२,सर्लाहीका विकट स्थानमा स्थलगत रुपमा टोली पठाई सहजरुपमा मतदाता नामावली संकलन गर्न निर्वाचन आयोग नेपाल र सम्वन्धित कार्यालयहरुसंग नेकपा (एकीकृत समाजबादी) सर्लाहीले माग गरेको छ ।


नेकपा (एकीकृत समाजबादी) सर्लाहीका अध्यक्ष  सुरेन्द्र लामाले शुक्रवार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाको दुर्गम भेग, यातायात नचल्ने स्थान र पालिका केन्द्रमा पहुच सहज नभएका वासिन्दा मतदाता वन्नवाट वन्चित हुने अवस्था सृजना भएको भन्दै,स्थलगत रुपमा टोली पठाई सहजरुपमा मतदाता नामावली संकलन गर्न माग गरेको हाे ।


विज्ञप्तिमा पालिका केन्द्रमा मात्र टोली पठाई सर्लाहीको अति दुर्गम नारायण खोला सहित लालवन्दी, इश्वरपुर, हरिवन र बागमती नगरपालिकाका विभिन्न पहाडी(चुरे) इलाकामा स्थलगत रुपमा टोली पठाउन नसक्दा धेरै मतदाता यो अभियानवाट बाहिर नै पर्ने स्पष्ट रहेको  उल्लेख  छ । जिल्लाको दक्षिणी क्षेत्रका कतिपय स्थानमा पनि टोली पठाउन आवश्यक रहेकाे विज्ञप्तिमा भनिएको  छ ।
       विज्ञप्तिमा   यस सम्वन्धमा जिल्ला निर्वाचन कार्यालयले सदरमुकाम मलंगवामा राखेको कार्यालय प्रमुख र दलको गोष्ठीमा त्यस्ता केही खास स्थानमा स्थलगत रुपमा टोली पठाउन सुझाव दिईएको उल्लेख छ ।
निर्वाचन कार्यालय सर्लाहीका प्रतिनिधिले यो सुझावलाई निर्वाचन आयोग नेपालमा पठाईदिने वचन दिएको दिएको भएपनि  हालसम्म त्यस्ता विकट स्थानमा टोली जाने वारेमा योजना वनेको नपाईएकाले सर्लाहीका विकट स्थानमा स्थलगत रुपमा टोली पठाई सहजरुपमा मतदाता नामावली संकलन गर्न निर्वाचन आयोग नेपाल र सम्वन्धित कार्यालयहरुलाई हामी गम्भिर रुपमा माग गर्दछौ नेकपा (एकीकृत समाजबादी) सर्लाहीकाे विज्ञप्ति मार्फत भनेकाे छ ।
निर्वाचन कार्यालयले स्थानीय तहमा २०७८ मंसिर १७ तथा पुष २ गते देखि दुई चरणमा १५-१५  दिनको लागि मतदाता नामावली संकलन गरिरहेको छ ।