मलंगवा,पुस सर्लाहीमा बुधबार राती आगोले जलेर तीनजनाको ज्यान गएकाे छ ।

आगाेमा जली ज्यान गुमाउनेमा कबिलासी नगरपालिका ७ सिरसियाका जोगी महरा (चमारकी) ८ वर्षीया छोरी लक्ष्मी कुमारी र ३ वर्षीया छोरी सोगान्धी कुमारी रहेका छन् ।


त्यस्तै मलंगवा नगरपालिका ६ खुटौनाक ७० वर्षीय वृद्ध नसिर खाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।