लालबन्दी,मंसिर – २८,सर्लाहीकाे लालबन्दी र पिपरियामा मंगलवार (आज) भएको आगलागीबाट लाखाैकाे क्षति भएकाे छ ।

सर्लाही प्रहरीका अनुसार जिल्लाकाे लालबन्दी नगरपालिका वडा नं.-५,मेजरगञ्जमा स्थानीय मनोज गुप्ताकाे पुजा कोठामा बिहान पुजा गर्ने क्रममा बालेकाे दियो बत्तिबाट आगलागी भएको हाे । गुप्ताकाे दुई तल्ले काठको घरमा आगलागी हुँदा कोठामा २ ओटा बाकसमा रहेको १ तोला सुन,नगद रु१,५०,०००।- ,लत्ता कपडा समेत गरी अन्दाजी ३ लाख बराबरको क्षति भएको छ।
आगलागीबाट मानवीय र चौपायकाे भने क्षति नभएको प्रहरीकाे प्रेस नाेटमा उल्लेख छ । आगो स्थानिय र प्रहरीको सहयोगमा ४ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

उता जिल्लाकै कबिलासी नगरपालिका वडा नं. १ पिपरियामा थ्रेसरबाट धान झार्ने क्रममा अचानक आगलागी हुदा लोचन रायको ४ बिघाको पराल जली नष्ट हुदा अन्दाजी ४० हजार बराबरको क्षति भएको छ । त्यस्तै साेही ठाउँका राज नारायण रायको ५ बिघाको धान सहितको पराल,टाएरगाडा,फुसको कच्चि गोठ जलि नष्ट हुदा अन्दाजी ४ लाख बराबरको क्षति भएको छ । साेहि ठाउँका भाग्य नारायण रायको १ बिघाको धान सहितको पराल जली नष्ट हुदा अन्दाजी ८० हजार र साेही ठाउँका उपेन्द्र मण्डलको १५ कठ्ठाको धान सहितको पराल, फुसको गोठ, जल्दा १ लाख, बराबरको क्षति भएकाे प्रहरीले जनाएको छ । पिपरिया आगलागीकाे घटनामा करिव ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरीकाे अनुमान छ । आगो प्रहरी ,स्थानिय र दमकलको सहयोगमा ५ बजे नियन्त्रणमा आएको ,मानवीय चाैपाया र थ्रेसरमा क्षेति नभएकाे सर्लाही प्रहरीका सुचना अधिकृत प्र.ना.उ.माधब प्रसाद बुढाथोकी जानकारी दिएका छन् ।