काठमाण्डाैं,मंसिर -२७,नगर बिकास काेषका पूर्व अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता ध्रुव रिजालले नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनबाट सर्लाहीले केन्द्रीय सदस्यकाे नेतृत्व प्राप्त गर्ने बताएका छन् ।
युवा नेता रिजालले सर्लाहीमा केन्द्रीय सदस्यकाे नेतृत्व दिलाउन आफुले पनि प्रयास गरेकाे बताउदै,याे अधिवेशनबाट सर्लाहीले एउटा सबल नेतृत्व प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
उनले सम्मानिय प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकाे प्यानलबाट सर्लाही कांग्रेसका लिडर एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठकाे केन्द्रीय सदस्यमा उम्मेदवारी रहेकाले पनि सर्लाही कांग्रेसले केन्द्रीय नेतृत्व प्राप्त गर्ने बलियो आधार बनेको चियाेचर्चाे खबरलाई बताए ।
नेपाली कांग्रेस सर्लाही क्षेत्र नं १ का युवा नेता एवम् महाधिवेशन प्रतिनिधि राम बाबु साहले आफुहरूकाे मिहिनेत र सक्षम नेतृत्वका कारण सर्लाहीले यश वर्ष केन्द्रीय सदस्यमा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठलाई देख्न सक्ने विश्वास व्यक्त गरे ।