लालबन्दी,मंसिर -२६,अस्ट्रेलियन एडको सहयोग तथा आड्रा नेपालको साझेदारिमा बागमती सेवा समाज नेपालद्वारा संचालित COVID 19 Emergency Response and Recovery Assistance परीयोजना अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा 5Nm3 क्षमताको अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।

अक्सिजन प्लान्ट स्थापनाका लागि आईतवार (आज) एक समारोहकाबिच बागमती सेवा समाज नेपाल र लालबन्दी नगरपालिकाबिच समझदारि पत्रमा हस्ताक्षर गरिएको छ ।
विश्वव्यापी माहामारीको रुपमा रहेको कोभिड १९ को दोश्रो लहरले अक्सिजन अभाबको कारण हुन गएको मानविय क्षति साथै आगामी दिन ओमिक्रोन भाईरसबाट हुन सक्ने संभावित क्षतिबाट बचाउन र सर्लाही जिल्लामा रहेका विभिन्न अस्पतालहरुमा अक्सिजनको नियमीत आपूर्तीको लागि अक्सिजन प्लान्ट सहयोग गरिएकाे बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले चियाेचर्चाे खबरलाई जानकारी दिए ।

लालबन्दी नगरपालिकाका प्रमुख मान बहादुर खड्काले कोभिड १९ को पहिलो लहर देखी नै स्वास्थ्य संस्था, क्वारेन्टाइन सेन्टर, आईसोलेशन वार्ड तथा अस्पतालहरुमा अभाव भएका स्वास्थ्य तथा स्वच्छता सामाग्रीहरु बागमती सेवा समाज नेपालबाट प्राप्त गरेको बताए । मेयर खड्काले संस्थाद्वारा कोभिड १९ को कारणबाट रोजगारी गुमायका ५०० जनालाई नगद प्रबाह समेत भएको बताए । संस्थाले महिनौ दिन सम्म सयौ जनालाई कामका लागि नगद समेत बितरण गरेको मेयर खड्काले बताए ।
मेयर खड्काले अक्सिजन प्लान्टको सहयोग गरेको भन्दै अस्ट्रेलियन सरकार, आड्रा नेपाल र बागमती सेवा समाज नेपाललाई लालबन्दी नगरपालिकाको तर्फबाट धन्यवाद ब्यक्त गरे ।
कार्यक्रममा बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की, सल्लहाकार नबराज भण्डारी, कार्यकारी निर्देशक निरज भण्डारी, स्वास्थ्य संयोजक सुनिल कुमार साह, लालबन्दी नगरपालिका मेयर मान बहादुर खड्का , प्रमुख प्रशासकिय अधिकिृत वासुदेव तिमल्सिना, वडाध्यक्ष लगाएको उपस्थिती रहेको थियो ।